सरकारले अवस्था सामान्य भन्दै गएमा भदौ १६गतेबाट कक्षा ११को भर्ना प्रकृया सुरु गर्ने तयारी थालेको छ ।कोरोना संक्रमण कम हुँदै गएमा भदौ १६बाट भर्ना प्रकृया थाल्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिएका छन् विद्यार्थीमा भर्नाबारे अन्योलता छाएको भन्दै यस विषयमा मन्त्रालय गम्भीर रुपले लागि परेको पनि उनले बताए। उनले भनेअहिले कोरोना महामारी छ। संक्रमण कम हुँदै गएमा भदौ १६गतेबाट कक्षा ११को भर्ना थालिन्छ।छिट्टै विद्यार्थीको अन्योलता चिर्ने हाम्रो लक्ष्य छ। एसइई परीक्षाको नतिजा प्रकाशित भएपछि विद्यार्थी कहिलेबाट भर्ना खुल्छ भन्दै अन्योलताका बीच बसेका छन।
विगतको वर्षहरुमा कक्षा ११को शैक्षिक सत्र साउन १५ बाट मात्रै सुरु हुने भएकोले यसको हिसाबले यस पटक खासै क्षति नभएको मन्त्रालयको दाबी छ। नयाँ पाठ्यक्रमसँगै कक्षा ११को भर्ना नयाँ पाठ्यक्रम तयार भएसँगै कक्षा ११ को भर्नामा नयाँ व्यवस्था लागु भएको छ विगतको झैँ भर्ना प्रकृया यस पटक हुने छैन। ‘विद्यालयले कक्षा ११मा विद्यार्थीलाई भर्ना गराउँदा मानविकी शिक्षा शास्त्र लगायत संकायका आधारमा भर्ना लिन पाइने छैनप्रवक्ता शर्माले भनेअब भर्ना हुँदा विद्यार्थीले ऐच्छिक विषय छनोट गर्नुपर्नेछ।कुनै पनि संकायको आधारमा त्यसलाई मान्यता दिइने छैन। उनका अनुसार नयाँ पाठ्यक्रम तयार भएसँगै कक्षा११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक/एक विषय ऐच्छिक गरी ६ वटा विषय अध्यापन गराइन्छ। विद्यार्थीले सातौँ विषयको रुपमा पनि अध्ययन गर्न पाउँछन तर उनीहरुले चाहेको खण्डमा मात्रै लागु हुने छ।अब कक्षा ११ पनि विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया पनि कक्षा ९र १०को जस्तै गरी हुने उनको भनाई छ । यसअघि कक्षा ११ र १२ को विद्यार्थी भर्ना गर्दा र प्रमाणपत्र जारी गर्दा संकायको आधारमा गरिएको थियो।-थाहा खबरबाट