मोटरसाईकल दुर्घटनामा परी श्रीमान श्रीमतिको निधन !

मोटरसाईकल दुर्घटनामा परी श्रीमान श्रीमतिको निधन !

मोटरसाईकल दुर्घटनामा परी श्रीमान श्रीमतिको निधन !

सडक दुर्घटजना परी श्रीमान श्रीमतीको एकैचोटी ज्यान गएको छ । बर्दियाको हुलाकी सडक खण्ड नेपालगञ्ज गुलरीयामा पर्ने पचासामा सडक दुर्घटनामा परी श्रीमान श्रीमतीको ज्यान गएको हो ।नेपालगञ्ज बाट गुलरियातर्फ जाँदै गरेको भे३प ७८७०को मोटरसाइकल र काठ लिएर विपरीत दिशाबाट जाँदै गरेको भे१त ५०९९को ट्रयाक्टर एक आपसमा ठक्कर खाँदा बर्दियाको पचासा वडा नं ७निवासी ललिता रिमाल र अर्जुन रिमालको निधनभएको हो अर्जुन२५ वर्षका थिए भने उनकी श्रीमती २३वर्षकी थिईन् । बर्दियाको बढैयाताल गाउँपालिका बडा नं ८पचासा नजिक गए राति करिब ८बजेतिर ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार श्रीमान र श्रीमतीकै ज्यान गएको इजिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।दुर्घटनामा परी गम्भिर अवस्थामा रहेका रिमाल दम्पतिलाई उपचारको लागि नेपालगन्ज पठाइएको थियो उपचारकै कर्ममा दुबैको ज्यान गएको जानकारी जिल्ला ट्राफिक प्रहरी बर्दियाले दिएको छ । ट्राफिक प्रहरीका अनुसार ट्रयाक्टर र चालक दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ काठ बोकेर तीव्र गतिमा आएको ट्याक्टरले ठक्कर दिँदा उक्त घटना भएको स्थानीयले बताए । प्रहरीले ट्याक्टर चालक नेपालगन्ज३का २६वर्षीय इमरान खानलाई पक्राउ गरिएको जनाएको छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account