ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बसेको होइन ? ज्यान मुद्दामा बसेको हो’

ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बसेको होइन ? ज्यान मुद्दामा बसेको हो’

ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बसेको होइन ? ज्यान मुद्दामा बसेको हो’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । उनले हत्या मुद्दामा जेल परेका ओलीले लोकतन्त्रको मर्म नबुझेको आरोप लगाएका हुन् ।नेता पौडेलले ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको आरोप लगाए । तनहुँको ब्यासमा पुल उद्घाटन गर्दै नेता पौडेलले प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष ओलीमाथि यो संगीन आरोप लगाएका हुन् । गत बुधबार नेकपा कार्यकर्ताको विरोधका कारण पौडेलले पुल उद्घाटन गर्न त पाएनन् नै जिल्ला प्रशासनले तीन घण्टा नियन्त्रणमा लिएर राखेको थियो ।

प्रमुख प्रतिपक्षी दलको वरिष्ठ नेतामाथि गरिएको यो चरम दमन थियो । सोही झोंकमा नेता पौडेलले ओलीमाथि यो आरोप लगाएका हुन् नेता पौडेलले कम्युनिष्टहरू लोकतन्त्रवादी हुनै नसक्ने जिकीर गर्दै ओली झापा काण्डमा व्यक्ति हत्या मुद्दामा १४वर्ष जेल बसेको र अझै नसुध्रेको टिप्पणीसमेत गरे । उनले भने कसले भन्यो ओली लोकतन्त्रको नाममा १४वर्ष जेल बसे भनेर ज्यान मुद्दामा बसेको हो । कहाँबाट लोकतन्त्रका लागि बसे रामचन्द्र पौडेलजस्तो आस्थाका लागि बसेको होइन ।थप आक्रोशित हुँदै पौडेलले थपे मुद्दामा झ्याप्प परिहाल्यो । जोशमा आएर झापा काण्ड घटिहाल्यो । यो लोकतन्त्रका लागि हो ? म मान्दिनँ । केपी ओली मेराअगाडि कुरा गरुन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account