Related Posts
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ आत्मविश्वासको साथ छिट्टै नयाँ सरकार लिएर आउने बताएका छन् बिहीबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले दुई वर्षभित्र नयाँ नेपालको जग बसाउने प्रतिबद्धतासमेत व्यक्त गरे उनले प्रधानमन्त्री केपी शर्मा ओलीले श्री ३महाराज बन्ने सपना देखेको जिकिर गरे । आफैँले बनाएको प्रधानमन्त्री र पार्टी अध्यक्ष सामन्ती निरंकुशताको एजेन्टजस्तो भूमिकामा देखा परेको बताए ओलीको निरंशकुता चुट्कीको भरमा पराजित गर्ने उनको भनाइ छ । “अब केपीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछ । दुई महिनाभित्र केपी ओलीको स्वेच्छाचारिता अन्त्य हुनेछ । जनता विजयी हुनेछन् उनले भने ।