बाह्रकुने दह दाङ घोराही जे माग्यो त्यही प्राप्त हुन्छ !

बाह्रकुने दह दाङ घोराही जे माग्यो त्यही प्राप्त हुन्छ !

बाह्रकुने दह दाङ घोराही जे माग्यो त्यही प्राप्त हुन्छ !

आफूले जे माग्यो त्यही प्राप्त हुने जनविश्वासले स्वर्गद्वारीमा भक्तजनको निकै भीड लाग्ने गरेको छ । खासगरी भारतको उत्तर प्रदेश र नेपालका भक्तजन आफूले चाहेको कुरा प्राप्त हुने विश्वास र जानीनजानी गरेका पाप पनि नष्ट हुने जनविश्वासका कारण यहाँ आउँछन् स्वर्गद्वारीमा फागुनदेखि असारसम्म नेपाली भक्तजन तथा वैशाख साउन माघमा भारतीय भक्तजनको भिड लाग्ने गरेको छ । नेपाली भक्तजनको तुलनामा भारतीय भक्तजनको निकै घुइँचो लाग्छ । यहाँ पाण्डवहरु स्वर्ग जानुअघि आएको विश्वास गरिन्छ । कविशिरोमणि लेखनाथ पौड्यालले पनि यहाँ बसी कविता रचना गरेका थिए ।

मन्दिरका सहायक कोठारी प्रेम न्यौपानेले भन्नुभयो नेपाली भक्तजनको तुलनामा भारतीय भक्तजनको धेरै भिड लाग्छ नेपालीहरु दैनिक धेरै भए एक हजारदेखि १५सयसम्म हुन्छ तर भारतीय भक्तजन दैनिक १०हजारदेखि १२हजारसम्म आउँछन् ।भारतीय भक्तजन आउने समयमा त्यहाँ अत्यन्तै थाम्नै नसक्ने गरी पूरै मेला लाग्ने गरेको छ । बालबच्चा नभएकालाई बालबच्चा उपयुक्त वरबधु सम्पत्ति आफूले चाहेको इच्छा पूरा हुने विश्वासका साथ नेपाली र भारतीय भक्तजन आउने गरेका छन्उहाँले थप्नुभयो । भारतीय भक्तजन प्रत्येकले एक माना चामल रु ११र नरिवल लिएर दर्शन गर्न आउँछन् स्वर्गद्वारीमा वैशाख शुक्ल पूर्णिमा स्वर्गद्वारीको स्थापना दिन÷बुद्धजयन्ती दशैँको कोजागत पूर्णिमा शिवरात्रि स्वर्गद्वारी प्रभुको जन्मदिन पुत्रदा एकादशी मार्गशुक्ल चौथी लक्ष्मीपूजाको दिन भक्तजनको बढी भिड र विशेष मेला लाग्ने गर्छ ।

स्वर्गद्वारी महाप्रभुले विसं १९५२वैशाख शुक्ल पूर्णिमा दिनदेखि ठूलो हवन कुण्ड आश्रय लिएको स्थान हो । स्वर्गद्वारीमा खासगरी यज्ञशाला पाठशाला र गौशाला छन् । यहाँ यज्ञशालामा २४ पुजारी गौशालामा चार सय गाई र पाठशालामा सय विद्यार्थी छन् यी सबैको सम्पूर्ण खर्च मन्दिरले व्यवस्थापन गर्नुपर्ने हुन्छ । स्वर्गद्वारी महाप्रभुको पालादेखि नै गाई पाल्ने गरेको र त्यही गाईका सन्तति नै अहिलेका गाई हुन् । खासगरी यज्ञले पूर्णता पाउनका लागि गाई पालिएको हो । यज्ञमा अघ्र्य र पञ्चामृतका लागि गाईको आवश्यकता पर्छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account