सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल/मटितेलको ९५रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४सय रुपैयाँ पुगेको छ । निगमले सिलिन्डरमा २५रुपैयाँ मूल्य बढाएको हो । खाना पकाउने ग्याँसकाे भाउ एक वर्षपछि बढेकाे हाे हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५.१६रुपैयाँ डिजेलमा प्रतिलिटर ३.०१रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३रुपैयाँ घाटा रहेको निगमले जनाएको छ यसअनुसार १५दिनमा निगमको घाटा ७३.८७ करोड रहने निगमले जनाएको छ ।स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने उपाध्यायले बता