नवलपरासीबाट काठमाडौं आउँदै नेत्रविक्रम चन्द !

नवलपरासीबाट काठमाडौं आउँदै नेत्रविक्रम चन्द !

नवलपरासीबाट काठमाडौं आउँदै नेत्रविक्रम चन्द !

नेकपाका महासचिव नेत्रविक्रम चन्द सरकारसँग भएको सहमतिको विस्तृत विवरण घोषणा कार्यक्रममा सहभागी हुन शुक्रबार नवलपरासीबाट काठमाडौं आउँदै छन् उनी नवलपरासीमा सहिद परिवारसँग भेटघाट गरेर काठमाडौंतिर लागेको जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिएका छन् । सरकारले हेलिकप्टर पठाउने तयारी गरे पनि उनी गाडीमै काठमाडौं आउन लागेका हुन् शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले सहमतिपत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्नेछन् । उनले कार्यक्रमलाई सम्बोधन पनि गर्नेछन् । भूमिगत रूपमा रहँदै आएका चन्द करिब दुई वर्षपछि सार्वजनिक भएका हुन् उनले बिहीबार बेलुकी साढे ११ बजे देवचुली नगरपालिका–१२ गैडीस्थित सहिद फूलमाया सारु मगरको परिवारलाई भेटेका थिए । त्यहाँबाट उनी बिहान ५ बजे काठमाडौंतिर लागेका छन् । उनीसँगै अर्का नेता बालानन्द कीर्ति र पार्टीका कार्यकर्ताहरू पनि छन् । चन्द प्रहरीको एस्कर्टिङमा काठमाडौंतर्फ लागेका हुन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account