सैनिक ‘कु’ पछि भारत भागेका प्रहरी अधिकारीलाई फिर्ता गर्न आग्रह !

सैनिक ‘कु’ पछि भारत भागेका प्रहरी अधिकारीलाई फिर्ता गर्न आग्रह !

सैनिक ‘कु’ पछि भारत भागेका प्रहरी अधिकारीलाई फिर्ता गर्न आग्रह !

म्यान्मार सरकारले फेब्रुअरी १ को सैनिक ‘कु’ पछि भारत भागेका प्रहरी अधिकारीलाई फिर्ता गर्न आग्रह गरेको छ । आफ्नो निर्देशन मान्न अस्वीकार गरेर छिमेकी भारत छिरेका केही प्रहरी अधिकारीलाई फिर्ता गर्न सैनिक सरकारले आग्रह गरेको हो । भारतीय अधिकारीका अनुसार म्यान्मारका केही प्रहरी अधिकारी र उनका परिवार पछिल्ला दिनमा भारत आइपुगेका छन् ।

म्यान्मारका अधिकारीहरूले भारतलाई एक पत्र पठाउँदै ‘मैत्रीपूर्ण सम्बन्ध कायम राख्न ती प्रहरी अधिकारीलाई फर्काउन आग्रह गरेका बीबीसीले जनाएको छ । म्यान्मारमा फेब्रुअरी १ मा भएको सैनिक कु पछि देशव्यापी विरोध प्रदर्शन र आमहडताल भइरहेका छन् । सुरक्षाकर्मीहरूले प्रदर्शनकारीमाथि व्यापक दमन गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघका अुनसार प्रदर्शनका क्रममा हालसम्म ५५ जनाले ज्यान गुमाइसकेका छन् । सांसद पत्रकार अधिकारकर्मीसहित १ हजार ७ सयभन्दा बढीलाई पक्राउ गरिसकिएको राष्ट्रसंघले जनाएको छ ।

उनका अनुसार पत्रमा ८ जना प्रहरी अधिकारी भारतका परेको जनाइएको छ । दुई छिमेकी मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध कायम राख्न भारत पुगेका म्यान्मारका ती प्रहरी अधिकारीलाई नियन्त्रणमा लिई फिर्ता गर्न आग्रह गरिन्छ पत्रमा लेखिएको छ । जुआलीले यसबारे निर्णय लिन आफूले राजधानी नयाँदिल्लीस्थित गृह मन्त्रालयको निर्देशन पर्खिरहेको बताएकी बीबीसीले जनाएको छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account