तोडफोड गर्नेलाई कार्वाही नगरे प्रतिकारमा उत्रिने रावलको चेतावनी !

तोडफोड गर्नेलाई कार्वाही नगरे प्रतिकारमा उत्रिने रावलको चेतावनी !

तोडफोड गर्नेलाई कार्वाही नगरे प्रतिकारमा उत्रिने रावलको चेतावनी !

सत्तारूढ नेकपा एमालेका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक भीमबहादुर रावलले आज प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिएका छन् । उनले घटनामा संलग्नहरूलाई अविलम्ब कारबाही गरिनुपर्ने माग गरेका छन् । घटनामा संलग्नहरूलाई कारबाही नगरिए उक्त घट्ना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने पनि उनको भनाई छ । बुधबार राजधानीमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले घटनाको बारेमा गृह प्रशासन पार्टी नेतृत्व पङ्क्तिलाई पनि जानकारी गराइसकेको बताए । उनले कर्ण थापाले आफूलाई स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको भन्दै कडा आपत्ति समेत जनाए । उनले भने बाजुराका कर्ण थापाको निर्देशनअनुसार केही कार्यकर्ताहरु गुण्डागर्दी शैलीमा प्रस्तुत भए । बाजुराको व्यक्ति अर्कोले पनि हाम्रा साथीहरुलाई आक्रमण गरे । म यो घटनाको निन्दा गर्छु । यो गतिविधिले नेकपा एमालेलाई पनि फुटाउने हो ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account