ईश्वर पोखरेल संसदले निकास नदिए ताजा जनादेशमा जानुपर्छ !

ईश्वर पोखरेल संसदले निकास नदिए ताजा जनादेशमा जानुपर्छ !

ईश्वर पोखरेल संसदले निकास नदिए ताजा जनादेशमा जानुपर्छ !

उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदीय प्रक्रियाले राजनीतिक निकास नदिए पुनः ताजा जनादेशमा जानुपर्ने अवस्था आउने बताएका छन् सर्वाेच्च अदालतको पछिल्लो फैसलाले ०७५साल जेठ २गतेको अवस्थामा दलहरुलाई पुर्‍याएको बताउँदै उनले संसदले निकास नदिए जनादेशमा जानुको विकल्प नभएको बताए । ०७५साल जेठ ३गते नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी बनेकोे थियो ऋषि कट्टेलले नाममा दाबी गर्दै अदालत गुहारेपछि उनकै पक्षमा सर्वोच्चको फैसला आइसकेको छ वीरगञ्जमा बिहीबार भएको पत्रकार भेटघाटमा नेता पोखरेलले संसदमा विश्वासको मत ल्याउन नसकेपछि भने प्रधानमन्त्रीले राजीनामा दिनेसमेत बताए ।

नेकपा एमाले र माओवादी केन्द्र गरी नेकपा दुईवटा पार्टी भएपछि सरकार अल्पमतमा पर्ने अवस्था छ कसरी जानुहुन्छ भन्ने अर्को जिज्ञासामा नेता पोखरेलले संसदमा विश्वासको मत ल्याउन नसके प्रधानमन्त्रीले राजीनामा दिने बताए । संसद पूनस्र्थापित भएपछि संसदीय प्रक्रियाबाटै अघि बढ्छ । माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने के हुन्छ ? समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ पाउनुभयो भने ठीकै छ उनले भने हैन भने राजीनामा दिनुहुन्छ । राजीनामा दिएपछि संविधानको धारा ०७६को उपधारा २अनुसार नै दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्ने कोसिस हुन्छ । सरकार बनेन भने चुनावमा जानुको विकल्प छैन ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account