Related Posts
जेन्सी – मि टु अभियानअन्तर्गत बलिउड अभिनेता आलोक नाथमाथि पनि बलात्कारको आरोप लागेको छ । टेलिभिजन शृङ्खलामा ‘संस्कारी’ भूमिकामा देखिने अभिनेता आलोक नाथलाइ निर्माता विन्ता नन्दाले प्रहरीमा बलात्कारको आरोपमा उजुरी दर्ता गरेकी छन् ।बलात्कारको आरोप लगाउने निर्माता विन्ता नन्दा एक टेलिभिजन शो ‘तारा’ कि निर्देशक तथा निर्माता हुन् ।
भारतमा चलेको मी टू अभियानको क्रममा आरोप लागेपछि उजुरी दर्ता भएका केही सीमित मध्ये आलोक नाथ एक हुन् । नन्दाले गएको अक्टोबरमा फेसबुक पोस्टमा सीधै आलोक नाथको नाम नलेखी आफ्नो शो ‘तारा’ का मुख्य कलाकारले यौन उत्पीडन र बलात्कारको आरोप लगाएका थिए ।तर आलोक नाथ आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएका छन् । उनले नन्दाविरुद्ध मानहानीको आरोपमा उजुरी दर्ता गरेका छन् । नन्दाले फे