अब ईपीएस सीप परीक्षणमा मात्र सामेल गराउनुपर्ने ईपीएस पास भएकाहरुको माग !

अब ईपीएस सीप परीक्षणमा मात्र सामेल गराउनुपर्ने  ईपीएस पास भएकाहरुको माग  !

अब ईपीएस सीप परीक्षणमा मात्र सामेल गराउनुपर्ने ईपीएस पास भएकाहरुको माग !

रोजगार अनुमति प्रणाली ईपीएस कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर सीप परीक्षणमा अनुत्तीर्ण भएकाहरुले अब सीप परीक्षणमात्र गराउनुपर्ने माग गरेका छन् सीप परीक्षणमा अनुत्तीर्ण भएका ४हजार २सय जनाले अब भाषा परीक्षामा पुनः सामेल नगराई सोझै सीप परीक्षणमा मात्र सामेल गराउनुपर्ने माग गरेका हुन् । गत साता कोरियाको मानव संशाधन केन्द्र एचआरडीले लिएको सीप परीक्षणमा ६हजार ७सय ७३जनाले मात्र उत्तीर्ण गरेका थिए ।सन् २०२०का लागि लिइएको कोरियन भाषा परीक्षामा ९२हजार ३सय ५६जना सामेल भएका थिए । जसमा १२हजार १०जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । भाषा परीक्षा उत्तीर्ण गरेका ४हजार २ सय जना सीप परीक्षणमा अनुत्तीर्ण भएका हुन् ।

उनीहरुले अब सीप परीक्षणमा मात्र सामेल हुन माग गर्दै वैदेशिक रोजगार विभागसँग अनुरोध गरेका हुन् । करिब ५ सय संख्यामा विभागमा पुगेका उनीहरुले अब सीप परीक्षणमा मात्र सामेल गराउनुपर्ने माग गरेका हुन् सीप परीक्षणमा सामले गराउने वा नगराउने भन्ने विषय नेपाल सरकारको अधिकारभित्र नभएको वैदेशिक रोजगार ईपीएस शाखाका प्रमुख कृष्ण खनालले जानकारी दिए उनले यस विषयमा कोरिया सरकारसँग छलफल गर्न सकिने बताए । ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९०अंकको भाषा परीक्षा दिएका थिए परीक्षामा उत्तीर्ण हुनेले १सय १०अंकको सीप परीक्षणमा समेत उत्तीर्ण हुनुपर्ने प्राबधान छ । सीप परीक्षणमा उत्तीर्ण भएका परीक्षार्थी मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने ईपीएस शाखाले जनाएको छ यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका थिए

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account