अर्को एउटा ठुलो नेकपामा यौन काण्डको खुलासा !

अर्को एउटा ठुलो  नेकपामा यौन काण्डको खुलासा !

अर्को एउटा ठुलो नेकपामा यौन काण्डको खुलासा !

तत्कालिन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयमा कार्यरत एक महिलामाथि यौ न दु व्र्य वहार गरेको कारणले पदीय दायित्वबाट राजिनामा दिनुका साथै अदालतबाट पक्राउ पुर्जिको आदेश भएसँगै तातिएको राजनीतिक बजारमा फेरी अर्को यौ न का ण्डले चर्चा पाएको छ ।पछिल्लो यौ न का ण्डमा नेकपाका नेता देवेन्द्र पौडेल मुछिन पुगेका छन् । अबको मन्त्रीमण्डल पुर्नगठनमा मन्त्री बन्छु भन्दै हिडेका बाग्लुङबाट निर्वाचित सांसद समेत रहेको पौडेलका विषयमा अहिले यौ न का ण्डमा मुछिएको कुरा बाहिर आएको छ । नेकपा प्रवक्त भन्दा एक कदम अगाडी बढेर सार्वजनिक अभिव्यक्ति दिइरहेका पौडेलमाथि तत्कालिन माओवादी कार्यकर्ता समेत रहेकी एक युवतीले यस विषयमा खुलासा गरेकी छन् । यसपछि नेकपा भित्र हलचल पैदा भएको छ । बिहे गरेको २१ दिनमै जनयुद्धमा आफ्नो श्रीमान गुमाएकी एक संघर्षशील नारी खिमा रिजालले आफ्ना अनुभवहरु बाहिर ल्याउने क्रममा नेता पौडेलले महिलाहरुमाथि गरेको दु व्र्यव हारको भण्डाफोर गरेकी छन् । रिजालले हालै आफ्नो संघर्षका पाइला ‘उज्यालोको खोजीमा’ नामक आफ्नो अनुभवहरुको डायरी प्रकाशित गर्दै यस्तो खुलासा गरेकी हुन । उक्त पुस्तकमा पौडेलको यौ न चरित्रमाथि प्रश्न उठाउँदै आफूमाथि पनि दु व्र्य वहार गरेको बताउदै उनले लेखेकी छन् –‘‘ म काठमाडौँ आएर आफ्ना दिनचर्या दुःखसुख गुजारिरहेकी थिएँ । उनी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयमा देवेन्द्र पौडेलका राजनीतिक सल्लाहकार भएका थिए । उनी त्यहाँ आएपछि पटकपटक मलाई सम्पर्क गर्थे । मैले कहिले फोन नउठाउने, कहिले स्विच अफ गरिदिने गर्थे । त्यतिबेला असिना बर्सेजसरी एसएमएस बर्सिन्थे । उनको जोड जहिले पनि मेरो कोठासम्म पुग्ने बन्थ्यो भने मैले म एकल महिला कोठामा कसैलाई लाने गरेकी छैन भनेर ठाडै अस्वीकार गर्दै आएँ । सञ्चारको यो प्रक्रिया २०७१ सालसम्म चलिरह्यो । उनले मेरो श्रीमान्को परिवारसँग अनावश्यक किन मुद्दा गरेकी भन्ने, कहिले विदेश जाऊ यस्तो देशमा के बस्छौ जस्ता अनौठा अनौठा कुराहरू भनिरहन्थे । मैले उनका हरेक कुरा अस्वीकार गरिदिन्थें । कहिल्यै उनलाई भेट्न सहमत नभएपछि अन्ततः उनले २०७१ सालमा मुख खोलेर निरन्तर सम्पर्कमा रहेको कारण बताए ।

 

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account