जाडोमा आगो बालेर अध्ययन गर्दै !

जाडोमा आगो बालेर अध्ययन गर्दै !

जाडोमा आगो बालेर अध्ययन गर्दै !

केही दिन यता बढेको जाडोका कारण मुलुकभरको जनजीवन प्रभावित बनेको छ सवैभन्दा बढी वृद्ध वृद्धा र बालबालिका प्रभावित भएका छन् । अझ जाडोले विद्यार्थी पनि प्रभावित बनेका छन् । हिमाली क्षेत्रमा वार्षिक परीक्षा सञ्चालन भइरहेको हुँदा हिउँ पर्दा कठ्यांग्रिएर परीक्षा दिनु परेको छ भने घाम लाग्दा घुल्ला चौरमा घाम ताप्दै परीक्षामा सामेल हुने गेरका छन् ।त्यस्तै तराईका जिल्लामा हुस्सु र शीतलहर चलेपछि केही सामुदायिक विद्यालयमा सार्वजनिक बिदा दिइएको छ भने कतै आगो बालेरै भए पनि विद्यार्थीहरुलाई पठनपाठनमा सामेल गराइएको छ तीन क्षेत्रका पृथक तीन तस्वीर अत्यधिक चिसो बढेपछि डोल्पाको मुडकेचुला गाउँपालिका १स्थित नवज्योती आधारभूत विद्यालयको कक्षा ३मा अध्ययनरत अमृता बोहरा विद्यालय बाहिर ढुङ्गामा बसेर घाम ताप्दै परीक्षा दिँदै ।तनहुँको व्यास नगरपालिका४ स्थित मदर्शा प्राथमिक विद्यालयका विद्यार्थी दिवा खाजा खाँदै । व्यास नगरपालिकाले पुस १गतेबाट नगरक्षेत्रभित्र सञ्चालित ७५वटा विद्यालयका बाल विकास र कक्षा १का विद्यार्थीलाई दिवा खाजाको शुरुवात गरेको छ ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका९ सिसैयामा रहेको असिग्राम माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिका चिसो अत्यधिक बढेपछि विद्यालयमै आगोबालेर पठनपाठन गर्दै

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account