फ्रान्सेली भाले जसले बासेकै कारण अदालतमा मुद्दा खेप्नुपर्‍याे !

फ्रान्सेली भाले जसले बासेकै कारण अदालतमा मुद्दा खेप्नुपर्‍याे !

फ्रान्सेली भाले जसले बासेकै कारण अदालतमा मुद्दा खेप्नुपर्‍याे !

पेरिस – फ्रान्सको सेन्ट पिएरे दे अनोरेन नामको एउटा सानो गाउँ, जहाँ एउटा भाले छ । एक वृद्धाले हुर्काएर पालेको त्यो कुखुराको भाले ‘संसारभर चिनियो’ भन्ने सुन्दा अनौठो लाग्ला !

‘मउरिस’ नामको भाले अरु विशेष कारणले हैन एकाबिहानै बासेकै कारण चिनिएको हो । ‘बासेकै कारण संसारभर चिनियो ?’ तपाईँलाई लाग्ला कि, यो भाले अरु भन्दा भिन्न तरिकाले बास्छ !

हैन । सबै भालेहरु झैँ मउरिस पनि ‘कुखुरी काँ…’ नै गर्छ । र त्यस बिहान पनि यसले त्यसरी नै बासेको थियो । तर यो अवोध भालेलाई के थाहा कि, बिहान बासेकै कारण मुद्दा खेप्नुपर्छ भनेर ! हो, फ्रान्सको सेन्ट पिएरे दे अलोरेनमा बस्दैआएकी कोरिन फसो नामकी एक वृद्धाले पालेको भाले अहिले अदालतमा मुद्दा खेप्नुपर्‍याे ।
भालेलाई मुद्दा किन ?

सेन्ट पिएरे दे अनोरेन त्यस्तो ग्रामिण टापु हो, जहाँ सहरीयाहरु प्राय बिदा मनाउन पुग्छन् । यसै क्रममा एक सहरीया जोडी कोरिन फसोको छिमेकमै पुगेको थियो बिदा मनाउन ।

शान्तपूर्ण वातावरणको आनन्द लिन यहाँ पुगेको त्यो जोडीलाई एका बिहानै ‘डिस्टर्ब’ गर्यो त्यही भालेले । उनीहरु रिसाएनन् मात्रै, अदालतमै मुद्दा दायर गरिदिए ।भालेकी मालिकनी फसो भने उसलाई काखमा च्याप्दै भालेले पनि बोल्न पाउने बताएकी थिइन् । साथै आफू यसका कारण तनाबमा रहेको उनको भनाइ थियो । बच्चा जस्तै माया गरेको भालेको दोष नहुँदा नहुँदै पनि मुद्दा खेप्नु परेको पीडा उनले मिडियालाई सुनाएकी छन् ।

अमेरिकाको पत्रिका ‘न्युयोर्क टाइम्स’ले यही सोमबार अर्थात् जुन २४ मा यो समाचारलाई आफ्नो ‘कभर स्टोरी’ नै बनाएको छ । जहाँ उक्त कुखुराको भाले ‘भाले’ मात्रै नभएर फ्रान्सको पुरानै सहर र गाउँबीचको द्वन्द्वको झल्को दिने संकेतको रुपमा समेत व्याख्या गरिएको छ । साथै उक्त भाले अहिले राष्ट्रिय मुद्दा नै बनेको बताइएको छ ।

न्युयोर्क टाइम्सको उक्त भालेको समाचारसँगै अनेक विषय र टिप्पणी पनि उजागर भएका छन् । मानव अधिकारको सीमा कहाँसम्म हो त ? के गाउँलेले पालेका कुखुरा वा चराहरु, गाइ, भैँसीहरु नै कराउन नै नपाउने हुन् त ? मउरिसको मुद्दासँगै यस्ता विषयमा पनि बहस र टिकाटिप्पणी हुन थालेको छ ।

पछिल्लो समय खासगरी ग्रामिण भेगमा परम्पराकै रुपमा रहेका चिजमा मानव अधिकारसँग जोडेर गरिएका व्याख्या पूर्ण नभएको पनि टिप्पणी हुन थालेको छ ।त्यसो त केही वर्षअघि चर्चमा घण्ट बजाइएको कुरालाई लिएर पनि अदालतमा मुद्दा दायर भएको थियो । यसपटक भने फ्रान्सको यो मुद्दामा अदालतले भालेको पक्षमा अदालतले फैसला गरिदिएको छ । गाउँमा पालिने यस्ता जनावर, चराहरु आफूखुसी बास्न वा कराउन पाउने भन्दै अदालतले फैसला गरिदिएको हो ।
मउरिसकी मालिकनी फसोले भने भालेको पनि अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्नुपर्ने भन्दै ‘डिफेन्स’ गरेकी थिइन् ।

यस्तै मेयर दु सेजरले मउरिसको पक्षमा वकालत गर्दै संस्कृति मन्त्रालयलाई पत्र लेखी ग्रामिण भेगमा किसानले पाल्दैआएका जनावर तथा चरा स्वतन्त्र रुपमा कराउन पाउनुपर्ने भन्दै आग्रह गरेका थिए । उनी लगायत केही संस्था तथा निकायबाटै भालेको पक्षमा आवाज उठ्यो । यस्तै मेयर क्रिस्टोफ स्युरले पनि यदी कोही ग्रामिण भेगमा जान्छ भने त्यहाँ जे छन् तिनलाई स्वीकार गर्नुपर्ने बताएका थिए । जुन चिजलाई परम्पराकै रुपमा लिनुपर्ने उनको तर्क थियो ।

(न्युयाेर्क टाइम्सबाट)

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account