प्रदेश नम्बर १का मुख्यमन्त्री शेरधन राई निजी माछा पोखरी उद्घाटन कार्यक्रममा पुगेका छन् उनले विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको निजी माछा पोखरी उद्घाटन गरेका हुन् । सोहि अवसरमा उनले सरकारको राष्ट्रिय संकल्प समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पुरा गर्न सबै नेपालीलाई एकजुट हुन समेत आग्रह गरेका छन झापाको विर्तामोडमा बुधबार मेयर शिवाकोटीको निजी लगानी रहेको हेबन वाटर पार्कको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले राष्ट्रिय लक्ष्य हासिल गर्न सम्पुर्ण नेपालीको योगदान हुनुपर्नेमा जोड दिए । कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ का १ सय ३७ वटा स्थानीय तहमध्ये विर्तामोड नगरपालिका नमूना नगर रहेकोे धारणा राखेका थिए ।देश नम्वर १लाई अग्र्यानिक माछामा आत्मनिर्भर बनाउन सार्वजनिक पद धारण गर्नुभएका विर्तामोड नगरपालिकाका मेयर तथा वाटर हेबन पार्कका सञ्चालक ध्रुवकुमार कुमार शिवाकोटीले सकारात्मक भूमिका खेलेको भन्दै मुख्मन्त्री राईले प्रशंसा गरे बुधबारबाट निक्कै तामझामका साथ औपचारिक रुपमा उद्घाटन भएको पार्कमा ५दिन फिस फेस्टिफल सञ्चालन हुने बताईएको छ । फेस्टिफलमा ३५भन्दा वटी प्रकारका माछाका परिकार उपलब्ध हुने आयोजकले बताएको छ मिडिया डबली