विद्युतीय धरापमा भाले हात्ती झ्याप्पै

विद्युतीय धरापमा भाले हात्ती झ्याप्पै

विद्युतीय धरापमा भाले हात्ती झ्याप्पै

भद्रपुर -गाउँलेले थापेको विद्युतीय धरापमा परी एउटा छावा जङ्गली हात्तीको ज्यान गएको छ । झापाको हल्दीबारी ३ स्थित रनकाली सामुदायिक वनभित्र करेन्ट लागेर भाले हात्तीको ज्यान गएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

सामुदायिक वन उपभोक्ता समूहको कार्यालयको नजिकै छावा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको जलथल सव–डिभिजन कार्यालयका प्रमुख जीवन पाठकले बताए । अन्दाजी तीन वर्षको छावा भाले हात्तीको सुँडले करेन्ट प्रवाह भएको तार छोए पछि र पानीको दहपनि भएकोले मृत्यु भएको पाठकको भनाइ छ । तार सुँडमा बेरिएको उनले बताए । मृतक हात्तीको लम्बाइ १६ फिट ६ इन्च र उचाइ ८ फिट ४ इन्च रहेको उनले बताए ।

घटना शुक्रबार वेलुका भए पनि स्थानीयले शनिबार विहान मात्र थाहा पाएका थिए । घटनास्थलमा स्थानीयको भीडसँगै हात्तीलाई पूजा गर्दै फुल तथा पैसा चढाएका थिए । घटनापछि जनप्रतिनिधिको रोहवरमा मुचुल्का तयारी गरी पशु चिकित्सकले पोस्टमार्टम गरेर सोही जङ्गमा खाल्डो खनेर पूरिएको उनले बताए ।

विज्ञापन यहाँ

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account