समाजवादको बाटोमा छौं कि दलालवादलाई जोगाउने पक्षमा : गोकर्ण बिस्ट

समाजवादको बाटोमा छौं कि दलालवादलाई जोगाउने पक्षमा : गोकर्ण बिस्ट

समाजवादको बाटोमा छौं कि दलालवादलाई जोगाउने पक्षमा : गोकर्ण बिस्ट

नेकपाका प्रभावशाली युवा नेता गोकर्ण विष्टले समाजवादको आधार स्थापना गर्नेगरी उत्पादनका सम्बन्ध विस्तारमा छौं कि दलालवादलाई संरक्षण भइरहेको छ भन्नेबारे समीक्षा गर्नुपर्ने बताएका छन् । उनले पार्टी कार्यकर्ताको कामको मूल्यांकन गर्ने संयन्त्र बनाउन पनि प्रस्ताव गरेका छन् पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि बुधवारको छलफलमा भाग लिँदै नेता विष्टले पार्टी र सरकारको काम विभेद अन्त्य गर्दै समाजवाद स्थापनाउन्मुख हुनुपर्ने बताएका हुन् ।हाम्रा काम र पर्यत्नहरू समाजवादउन्मुख छन् कि दलालवादलाई जोगाउन उद्यत छन् बैठकमा विष्टले प्रश्न गरे हाम्रा काम जनमुखी र जनताको पक्षमा हुने कि दलाल पूँजीवादलाई टिकाउने खालका हुनेविष्टले गुटबन्दी अन्त्यका लागि पार्टीनेतृत्व नै जिम्मेवार हुनुपर्ने बताए राजनीतिक प्रतिवेदनमा पार्टीभित्र अनुशासनहीनता र गुटबन्दी बढेकोमा चिन्ता गरिएको छ गुटबन्दी तलका कार्यकर्ताले गरेका छन् कि माथिबाट भइरहेको छ विष्टले प्रश्न गरे ।नेकपा स्रोतका अनुसार बैठकमा पूर्वमन्त्री विष्टले कार्यकर्ताको कामको मूल्यांकन गर्ने संयन्त्र बनाउन सुझाव दिएका छन्प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि बुधवार १२ जना सदस्यले धारणा राखेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।बुधवार प्रदीप ज्ञवाली मातृका यादव लीलामणि पोखरेल रघुजी पन्त गिरिराजमणि पोखरेल वर्षमान पुन लगायतले बोलेका थिए मंगलवारसम्म २५ जना सदस्यले बोलेका थिए । सदस्यहरूले बोल्नेक्रम भोलि सकिने नेकपाका एक नेताले बताए

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account