चितवन– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयानुसार सरुवा भएको २ हप्तापछि प्रहरी उपरीक्षक एसपी दानबहादुर मल्लले चितवन छाडेका छन् जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख रहेका मल्लले प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई चार्ज बुझाएर सरुवा भएको ठाउँका लागि रवाना लिएका हुन् ।३नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले बुधबार १२घण्टाभित्र चितवन छाड्न निर्देशन दिएपछि एसपी मल्लले २हप्तापछि सरुवा भएको ठाउँका लागि रमाना लिएका हुन् ३नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा स्रोतले एसपी मल्लले सरुवा भएको ठाउँका लागि रवानाको पत्र लिइसकेका छन् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पुस ४गतेको निर्णयानुसार एसपी मल्ललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयल गौचर काठमाडौं सरुवा गरिएको थियो तरएसपी मल्लले चितवन छाड्न अटेर गरिरहेका थिए एसपी मल्लको अटेरीका कारण उनको ठाउँमा सरुवा भएकी एसपी गंगा पन्त हाजिर हुन पाएकी थिइनन्