अस्पतालमा बिक्रम सुनारकी श्रीमति मनु अकस्मात बेहोस भएपछि !

अस्पतालमा बिक्रम सुनारकी श्रीमति मनु अकस्मात बेहोस भएपछि !

अस्पतालमा बिक्रम सुनारकी श्रीमति मनु अकस्मात बेहोस भएपछि !

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालयका ५नेताहरुको निगरानीका लागि राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरका कर्मचारीहरु नै खटाएको खुलेको छ । नेकपाका पहिलो नम्बरका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफू बिरुद्ध प्रस्तुत भएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ नेताहरुको गतिविधी बुझ्न गुप्तचरका अधिकारीहरुलाई निर्देशन दिनुभएको हो पछिल्लो केहिदिन यता गुप्तचरका अधिकारीहरु अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बरिष्ठ नेता द्वय माधवकुमार नेपाल झलनाथ खनाल उपाध्यक्ष बामदेव गौतम र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको घर आसपासमा बाक्लो रुपमा खटिएका छन् । दुई अध्यक्षबीच पार्टीमा असमझदारी बढेपछि नेताहरुमा किचलो तीव्र रुपमा छाइरहेको छ । बिशेषत प्रधानमन्त्री ओलीले शुक्रबारको सचिवालय बैठकमा प्रचण्डले आफ्नो प्रवित्तिगत बिशेस्ताहरु औल्याउदै छलफलका लागि प्रस्ताव राखेपछि गुप्तचरको प्रयोग गरेको खुलेको छ ।

प्रधानमन्त्रीले सचिवालय बैठकपछि गुप्तचर प्रमुख गणेश अधिकारीलाई ठाडो निर्देशन दिँदै ५नेताको गतिविधी निगरानी राख्नु भनेको खुलेको छ गुप्तचर बिभाग स्रोतका अनुसार अहिले अध्यक्ष प्रचण्ड र नेता नेपालको निवासका बीच भाग चापागाउँ दोवाटोदेखि बालकुमारी पूल नेता नेपालको निवास नजिकसम्म बाक्लो गरि कर्मचारी खटाइएको छ । प्रधानमन्त्री ओलीले त्यहाँको अवस्थाबारे छिन छिनमा बालुवाटारमा रिपोर्ट लिनेगरी गुप्तचरको कर्मचारी राख्न निर्देशन दिनुभएको हो प्रधानमन्त्रीले अध्यक्ष प्रचण्ड सहित अन्य नेताहरु कुन बेला कता गएको र आएको जानकारी लिने गर्नुभएको गुप्तचर स्रोतले बताएको छ । त्यस्तै अन्य नेताहरु झलनाथ खनाल, बामदेव गाैतम र नारायणकाजी श्रोष्ठ निवासका लागि पनि अन्य धेरै कर्मचारीहरु खटाइएका छन् । कर्मचारीहरु विभिन्न भेषमा खटिएर निर्देशन दिइए अनुसार नै सबै नेताको बारेमा बालुवाटारमा जनाकारी दिँदै आएको गुप्तचरका स्रोतले बताएको छयसअघि पनि प्रधानमन्त्री ओलीले नेताहरुको निगरानीका लागि गुप्तचरका कर्मचारीहरु खटाएपछि आलोचित हुनुभएको थियो । यसअघिका सरकारमा गुप्तचर बिभाग गृहमन्त्रालय मातहतमा थियो । तर ओली प्रधानमन्त्री भएपछि उहाँले आफू मातहतमा ल्याउनु भएको छ पछिल्लो समय नेकपामा दुई अध्यक्षबीच असमझदारी बढेकाले पार्टी एकता संकटमा परेको छ । पार्टीको बिवाद बैठकबाटै मिलाउनु पर्ने ५नेताहरुको माग छ भने प्रधानमन्त्री ओली सहित ४ सचिवाललय सदस्यहरु बैठक अस्वीकार गर्दै आएका छन् ।

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account