नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डेपर्व मनाउँदैछन् हरेक वर्ष २५डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिएको अघिल्लो वर्ष मन्त्रिपरिषद्ले क्रिसमसमा सम्बन्धित धर्मालम्बीलाई मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
त्यहीअनुरूप यस वर्ष सम्बन्धित धर्मालम्बीलाई मात्र बिदा दिइएको यद्यपि क्रिश्चियन धर्मालम्बीले भने सार्वजनिक बिदाको माग गर्दै आइरहेका छन् ।ख्रिष्टमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । यस अवसरमा राष्ट्रिय ख्रिष्टियन महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ क्रिसमसका अवसरमा काठमाडौंको ठमेल बौद्ध ललितपुर भक्तपुर पोखरालगायत स्थानमा विशेष रौनक छ । क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइएको नेपालमा ४सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् विक्रम संवत् ०६२/६३को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ ।