आलु खेती गर्ने तरिका ! कृषि ज्ञान केन्द्र उदयपुर

आलु खेती गर्ने तरिका ! कृषि ज्ञान केन्द्र उदयपुर

आलु खेती गर्ने तरिका ! कृषि ज्ञान केन्द्र उदयपुर

परिचय धान गहु अनी मकै पछीको प्रमुख बालिमा पर्दछ आलु ।आलु उत्पादकत्वमा पहिलो स्थानमा र छेत्रफलको आधारमा चौथौ स्थानमा पर्दछआलुको प्रयोगले रक्तचाप रक्तअल्पता ग्यास्ट्रिकमा फाईदा पुर्याउदछ। यसमा स्टार्च प्रोटिन फ्याट खनिज र कार्बोहाइड्रेट पाईन्छ नेपालमा प्रचलित केही जात

1) कुफ्री ज्योतियो जातको आलु मध्यम वर्गिय जात (११०-१२० दिन) अन्तर्गत पर्दछ। यो जातको आलु डडुवा प्रतिरोधी हुन्छ। यसको फल ठुलो, हल्का गोलाकार अनी फलको बोक्रा सेतो रङको हुन्छ। यसको कुल उत्पादन २०-२५ टन प्रती हेक्टर रहेको छ 2कुफ्री सिन्धुरी यो पछौटे जात (११०-१३० दिन)अन्तर्गत पर्दछ। यसको फल मध्यम खालको अनी गोलाकार हुनुको साथै बोक्रा रातो रङको हुन्छ। यसको कुल उत्पादन २५-३० टनप्रती हेक्टर रहेको छ3डेजिरे यो अगौटे जात ७०-९० दिन अन्तर्गत पर्दछ। यो जात डडुवा रोगको बढी प्रकोपमा पर्दछ। यसको पनि मध्यम खालको गोलाकार फल हुनुको साथै बोक्रा रातो हुन्छ।4जनकदेव यो तराइ पहाड र हिमालमा खेती गरिने मध्यम वर्गिय १००-१२० दिन जात हो। यसको फल ठुलो सानो दुबै हुने र बोक्रा रातो हुने गर्दछ। २३ टनप्रती हेक्टर यसको उत्पादन रहेको छ।5खुमल सेतो १यो मध्यम वर्गिय जात १००-१२० दिन अन्तर्गत पर्दछ। यसको फल गोलोठुलो सानो अनी बोक्रा सेतो हुन्छ। कुल उत्पादन २५ टन प्रती हेक्टर रहेको छ।6खुमल रातो २ यो मध्यम वर्गिय१००-१२० दिने जात हो। यसको फल मध्यम खालको हुन्छ जसमा हल्का रातो बोक्रा हुन्छ। यो जातले २०-२५ टन प्रती हेक्टर उत्पादन दिन्छ।7कुफ्री बाहारयो मध्यम वर्गिय ठुलो खालको गोलो अनी हल्का सेतो बोक्रा भएको फल हुने जात हो जुन प्रायरोगहरुबाट सजिलै ग्रसित हुन्छ।यो तराइ पहाड र हिमालमा खेती गरिने मध्यम वर्गिय (१००-१२० दिन ) जात हो। यसको फल ठुलो सानो दुबै हुने र बोक्रा रातो हुने गर्दछ। २३ टनप्रती हेक्टर यसको उत्पादन रहेको छ।

बातावरणआलु जाडो मौसममा लगाइने खेती हो जसले हल्का कुहिरो सहन सक्छ। आलुलाई उम्रनको लागि ८ डिग्री तापमान उपयुक्त मानिछ। अती काम तापक्रमले यस्को बढ्ने क्षेमतामा रास ल्याउदछ। दिनमा ३०-३५ डिग्री अनी रातमा २०-२५ डिग्री आलुको लागि राम्रो मानिन्छ। २९ डिग्री भन्दा बढी रातको तापमनमा आलुको फल लाग्दैन।माटो र खेतको तयारी पानी नजम्ने, हल्का बालौटे चिम्टाइलो अनी जैविक मात्रा प्रशस्त भएको माटो आलुको लागि उपयुक्त हुन्छ। ५-७ पि यच हुनु पर्दछ। माटोको जोताई अनी तयारी मौसममाटोको किसिम, बातावरण , बाझो र खेती लगाइएको जग्गामा भर पर्दछ। माटोलाई २०-२५ से।मी गहिरो गरी जोत्नु पर्दछ।मलखाद ब्यवस्थापनकम्पोस्ट मल: २०-३० टन प्रती हेक्टरनाइट्रोजन:फस्फोरस: पोटसियम २२०:१४०:१४० केजी प्रती हेक्टर क्याल्सियम अक्साइड: म्याग्नेसियम अक्साइड= ९०:३० केजी प्रती हेक्टर खेतको तयारी गर्ने बेलामा सम्पूर्ण कम्पोस्ट मल,फस्फोरस र पोटासियम अनी नैइट्रोजनको आधा मात्रा माटोमा मिलाउनु पर्दछ। बचेँको आधा नाईट्रोजन पछी ड्याङ पार्ने बेलामा हाल्नु पर्दछ।

लगाउने समय भौगोलिक क्षेत्र लगाउने समय स्याहार्ने समय तराई भाद्र-असौज फाल्गुन तल्लो पहाड कार्तिक चैत्र मध्य पहाड साउन-असौज कार्तिक-फाल्गुन उच्च पहाड मङ्सिर्-फाल्गुन बैशाख-जेठ बिउ दर र लगाउने दुरी लाइनदेखी लाइनसम्मको दुरी६०-७० से मि बोटदेखी बोटसम्मको दुरी२५-३०से मि एक हेक्टरको लागि चाहिने बिउ दर २.५टनसिचाइ धेरै गहिराईमा गएर नफल्ने हुँदा यसलाई हल्का सिचाई दिनु पर्दछ। पहिलो पटक आलु लगाउनुभन्दा पहिले वा आलु टुसाउनुभन्दा अगावै दिनुपर्दछ। दोस्रो पटक भने आलु लगाएको ३०दिन पछी दिनुपर्दछ। चिस्यान कम भयो भने आलुको फलमा खराबी आउँदछ र आलु पनि पातलो गरी उम्रन्छ।झारको ब्यवस्थापनझारले आलुसँग सिधै पोशक तत्वचिस्यान प्रकाश र ठाउकोलागी प्रतिस्पर्धा गर्ने हुनाले झारको गोडमेल गर्नु अतिआवश्यक छ। पहिलो हाते गोढाई आलुको बोट सानो हुँदै गरिन्छ। दोस्रो गोढाई माटो चाढाउने बेला जब आलु १५-२० से मि को हुन्छ तब गरिन्छ। यती गरिसकेपछी आलुले आँफै झारलाई नियन्त्रण गर्छ। झार ब्यवस्थापन गर्ने रासायनिक बिसादी कृषि ज्ञान केन्द्र उदयपुर

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account