उदयपुरमा भट्टराई सहित ९ जना जुवाडे पक्राउ !

उदयपुरमा भट्टराई सहित ९ जना जुवाडे पक्राउ !

उदयपुरमा भट्टराई सहित ९ जना जुवाडे पक्राउ !

दयपुरमा जुवा खेलीरहेको अवस्थामा विभिन्न राजनीतिक दलका कार्यकर्ता समेत रहेका युवा संघका नेता व्यापारी ठेकेदार पक्राउ परेका छन् जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार दुई लाखभन्दा बढी नगदसहित पक्राउ परेका ९ जना जुवाडेमा व्यापारी युवा संघका नेता रहेका छन् । प्रहरीको विशेष टोलीले त्रियुगा नगरपालिका १०करमगाछीबाट गएको राती पक्राउ गरेको हो करमगाछि स्थित प्रेम भट्टराईको घरबाट भट्टराई समेत पक्राउ परेका छन् । भट्टराई काठ व्यवसायी हुन् । यसैगरी पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११का वर्ष ४०का मन्दिप राई पनि छन् । उनि युवा संघ नेपालका केन्द्रीय सदस्य हुन् । यसैगरी सोही स्थानका वर्ष ४०का राजनकुमार राउत ठेकेदार हुन् । त्रियुगा नपा १०का वर्ष२० का ईश्वर खड्का त्रियुगा नपा १२का वर्ष ४५का बलबहादुर कार्की पनि पक्राउ परेका छन् । कार्की व्यापारी हुन् त्रियुगा नपा १का वर्ष ४० का नबिन राई, त्रियुगा नपा ८का वर्ष ४२ का पुरुषोत्तम काकी छन् । कार्की पनि जिल्ला प्रतिष्ठित व्यापारी हुन् । त्रियुगा नपा ११वर्ष ४१का मेखबहादुर राई त्रियुगा नपा ३ का वर्ष २९का सुनिल चौधरी पक्राउ परेको गौतमले जानकारी दिए पक्राउ पर्नेहरुको साथबाट तास १बुक मोबाईल १७थान कौडा १९वटा, मोटसाइलको ६ थान चाबी सुनको सिक्री २थान सुनको औंठी ३थान कृषि बिकास बैंकको १लाखको चेक नबिल बैंकको २ लाख दस हजारको चेक नगद २ दुई लाख ४७ हजार एकसय ७बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिइएको छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account