उदयपुरमा १३ जुवाडे पक्राउ !

उदयपुरमा १३ जुवाडे पक्राउ !

उदयपुरमा १३ जुवाडे पक्राउ !

उदयपुरमा जुवा खेलिरहेका १३जना जुवाडे पक्राउ परेका छन् । उदयपुरगढी–६स्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो पक्राउ पर्नेमा उदयपुरगढी५ का ३१बर्षीय सुशिल कुमार गुरागाई ३२बर्षीय मनोज थापा उदयपुरगढी–६का २८बर्षीय सुरज कुमार मगर ३०बर्षीय जिवन गिरी ३०बर्षीय धर्मनाथ दाहाल ३१बर्षीय दुर्गारमण दाहाल ३२बर्षीय युवराज कार्की ३३बर्षीय यादव खत्री र ४०बर्षीय शरद खत्री रहेका छन । यसै गरी रौतामाई७ का ४३बर्षीय प्रकाश दाहाल छन भने उदयपुरगढी–८ का २७ बर्षीय सुदिप खत्री ४०बर्षीय श्याम खत्री र ४२बर्षीय बिदुर खत्री रहेका छन् घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकको आधारमा आज विहान राती ३बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको थियो । जुवाको खालबाट प्रहरीले नगद ५८हजार ८सय ५रुपैया १६थान कौडा १२थान मोबाईल र ८थान मोटरसाईकल समेत बरामद गरेको छ जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका सबै जना उपर कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account