खुसीको खबर बेलायतमा २० वर्ष पछि नेपाली सैनिकले पाए यति ठूलो अन्तर्राष्ट्रिय अवार्ड !

खुसीको खबर बेलायतमा २० वर्ष पछि नेपाली सैनिकले पाए यति ठूलो अन्तर्राष्ट्रिय अवार्ड !

खुसीको खबर बेलायतमा २० वर्ष पछि नेपाली सैनिकले पाए यति ठूलो अन्तर्राष्ट्रिय अवार्ड !

बेलायतको स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एकेडेमीमा तालिम लिन आएका नेपाली सेनाका एक अधिकृतले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् २१वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापाले तालिमका क्रममा उत्कृष्ट क्षमता प्रदर्शन गरेबापत इन्टरनेसनल सोर्ड अफ अनर अवार्ड पाएका हुन् । २०वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको यो पहिलो हो । विश्वका विभिन्न मुलुकका ३३क्याडेट ४४साताको प्रशिक्षणमा सामेल थिए ।

कमिसनिङ कोर्स समापनका क्रममा शुक्रबार बेलायती महारानीको प्रतिनिधित्व गर्दै उपस्थित जनरल सर प्याट्रिक स्यान्डर्सले थापालाई उक्त अवार्ड प्रदान गरे यसबाहेक थापाले प्लाटुन कमान्डर पास समेत पाएका छन् । ब्रिटिस अफिसर क्याडेटलाई तालिम दिन योग्य उक्त ‘इन्सट्रक्टर पास’ नेपाललाई पहिलोपटक दिइएको थापाले बताए । थापा कुनै पनि बेला रोयल मिलिट्री एकेडेमी स्यान्डहस्र्टमा आएर ब्रिटिस क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्नेछन् ।

यो पनि पढ्नुहोस्
बेलायतले विदेशबाट आउने यात्रुहरू र कोभिड–१९सङ्क्रमित व्यक्तिलाई लक्षित गरी १४ दिन सेल्फ–आइसोलेसन तथा क्वारेन्टिनमा रहनुपर्ने नियमलाई १० दिन कायम गर्ने जानकारी दिएको छ । वेल्समा यस पहिल्यै यो नियम लागु गरिएको छ। अब भने संयुक्त अधिराज्य बेलायतका इङ्ल्याण्ड स्कटल्याण्ड उत्तरी आयरल्याण्ड तीनै राज्यमा कोभिड नियन्त्रणका लागि लिइएको नयाँ नियम सोमबारदेखि लागु हुनेछ। कोभिड–१९ का विरामीहरूको समस्यालाई चिकित्सकीय विधिबाट अनुसन्धानपछि १०दिन मात्र क्वारेन्टिन बस्नुपर्ने नियम लागु गर्दा कुनै फरक नपर्ने ठहर बेलायतले गरेको हो।कार्डिफ एडिनबर्ग र बेलफास्टको सरकारहरूले भने आफ्नै स्वास्थ्य नीति तय गरेका छन् र भाइरसको फैलावट रोक्न विभिन्न प्रतिबन्धहरू लागू गरेका छन्। सङ्क्रमण नियन्त्रणका लागि क्वारेन्टिन र सेल्फ आइसोलेसन बस्नु महत्वपूर्ण भएको उनीहरूले बताए।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account