गैरकानूनी रुपमा पाँच जनालाई दक्षिण अफ्रिका पुर्‍याएको आरोपमा पक्राउ !

गैरकानूनी रुपमा पाँच जनालाई दक्षिण अफ्रिका पुर्‍याएको आरोपमा पक्राउ !

गैरकानूनी रुपमा पाँच जनालाई दक्षिण अफ्रिका पुर्‍याएको आरोपमा पक्राउ !

पाँच जनालाई गैरकानूनी रूपमा दक्षिण अफ्रिका पुर्‍याएको आरोपमा एक महिला पक्राउ परेकी छन्।प्रहरीले सिन्धुपाल्चोक घर भइ काठमाडौं महानगर-७ कुमारीगाल बस्ने ५० वर्षीया अनिता तामाङलाई पक्राउ गरेको हो।नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई आइतबार चावहिल कुमारीगालबाट पक्राउ गरेको हो।उनीमाथि वैदेशिक रोजगारीमा आकर्षक तलब दिइने प्रलोभनमा पारी पाँच जनालाई दक्षिण अफ्रिका पुर्‍याएको आरोप छ।२०७३ साल चैत ३ गते पाँच जनालाई भारतबाट कतार हुँदै दक्षिण अफ्रिका सम्म पुर्‍याए शारिरिक मानसिक तथा आर्थिक शोषण गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुराग कुमार द्विबेदीले बताए।उनका अनुसार पीडितलाई चार/पाँच महिना सम्म बन्धक बनाइएको थियो। पछि उनीहरू कोही नभएको मौकामा भागेर नेपाली राजदूतावास पुगेका थिए।दूतावासले नेपालमा रहेका आफन्तहरूसँग समपर्क गरी उनीहरूलाई फर्काइएको थियो। नेपाल आएपछि उनीहरूले जाहेरी दिएको आधारमा प्रहरीले ताप्लेजुंङ मिरिङदेउ गाउँपालिका-४का ४३ वर्षीय गणेशकुमार लोंवालाई मंसिर १६ गते पक्राउ गरेको थियो। उनलाई प्रहरीले महाराजगञ्जबाट पक्राउ गरेको थियो।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account