चिनियाँ कम्पनीले मुग्लिन-पोखरा सडकको मध्यखण्ड विस्तारको ठेक्का पाउँदै !

चिनियाँ कम्पनीले मुग्लिन-पोखरा सडकको मध्यखण्ड विस्तारको ठेक्का पाउँदै !

चिनियाँ कम्पनीले मुग्लिन-पोखरा सडकको मध्यखण्ड विस्तारको ठेक्का पाउँदै !

मुग्लिन-पोखरा सडकखण्ड विस्तार आयोजना अन्तरगतको मध्यखण्डको ठेक्का चिनियाँ कम्पनीले पाउने भएको छ । आँबुखैरहनीदेखि दमौलीसम्मको करिब ४१ किलोमिटर सडक विस्तारको जिम्मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाउने भएको हो ठेक्का सम्झौताका लागि सडक विभाग अन्तरगतको आयोजना निर्देशनालय -एडीबीले ठेक्का स्वीकृति गर्ने आसयको सूचना प्रकासित गरिसकेको छ । अन्तिम चरणमा प्रतिस्पर्धामा रहेका १० कम्पनीमध्येबाट कम रकम कबोल गरेको आधारमा यो कम्पनी छनोटमा परेको उपआयोजना निर्देशक राकेश महर्जनले जानकारी दिए ।

दमौली-पोखरामा खण्डको ठेक्का समझौता गर्न छनोट भएको कम्पनीको विवरण एसियाली विकास बैंक -एडीबी)मा पठाइएपनि अझै नो अब्जेक्सन प्राप्त नभएको आयोजनाले जनाएको छ । मुग्लिन आँबुखैरहनी खण्डको भने अहिले पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनेको काम चलिरहेको छ । यो आयोजना अन्तरगत मुग्लिनबाट पोखरासम्म पुग्न ४ लेनको सडक बन्ने छ । एसियाली विकास बैंकले यो सडकखण्ड विस्तारका लागि करिब २२ अर्ब ऋण दिएको छ ।

यस्तो बन्नेछ सडक विस्तार भएपछि मेडियनको दुईतर्फ ७-७ मिटरको सडक बन्नेछ । एउटा लेन ३.५ मिटरको हुनेछ । ‘मिडियन’ मा गि्रनरी बेल्ट तयार गरेर रुख विरुवा र फूल रोपिनेछ । दयाँबायाँ नै साँढे २ मिटरको सोल्जर -अतिरिक्त पिच) गरिनेछ । यसले मुख्य लेनबाट बाहिरिनुपर्दा पनि सवारीलाई दुर्घटनाबाट बचाउँछ भने मुख्य लेनलाई पनि बलियो बनाइराख्छ सडकलाई आधुनिक प्रविधिबाट निर्माण गर्ने योजना बनेको छ । सरकारले विश्व बैंकको सहयोगमा मुग्लिन-नारायणगढ सडक दुई लेनमा विस्तार गरेपछि विभागले एडीबीको सहयोगमा नै बुटवल-नारायणगढ सडकखण्ड पनि ४ लनेको बनाउन ठेक्का लगाइसकेको छ । मुख्य राजमार्ग फराकिलो पार्ने योजना अब पोखरासम्म पुग्न लागेको हो ।

यो सडकको आँबुखैरहनी क्षेत्रमा पर्ने मस्र्याङ्दी जलविद्युत आयोजना क्षेत्रको सडक भने नयाँ ढंगले विस्तार गरिँदैछ । पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेको ठहर गर्दै आयोजनाको टलरेस सुरुङभन्दा मुनि पुल बनाएर आयोजना छल्ने गरी पारिपट्टबिाट अर्को दुई लेनको सडक बनाउन लागिएको छ । आयोजनाभन्दा पारिबाट बन्ने सडकका लागि अहिले डिटेल इन्जिनियरिङ भइरहेको निर्देशनालयले जनाएको छ वारिपट्टकिो हालको सडक पनि डेडिकेटेड दुई लेन बनाइनेछ । हाल यो आयोजना क्षेत्रमा पनि डेडिकेटेड दुई लेनको सडक छैन । यो क्षेत्रका सडक स्तरीकरण मात्रै गरिनेछ । आयोजनालाई प्रभाव पर्ने गरी सडक विस्तार नहुने विभागले जनाएको छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account