बाजुराको हिमाली गाउँपालिका–७ बाँधुमा आज भएको जीप दुर्घटनामा ज्यान गुमाउने ४जनाको सनाखत भएको छ जीप सडकबाट कर्णाली नदीमा खस्दा एक जना बेपत्ता भएका छन् उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटका अनुसकार मृत्यु हुनेमा हिमाली गाउँपालिका–६ का ३६ वर्षीय पवन भण्डारी, जगन्नाथ गाउँपालिका–५ का २७ वर्षीय जीपचालक रमेश शाही, कैलाली मोहन्याल गाउँपालिका–५ का ३३ वर्षीय दिनेश घर्तीमगर र मुगु जिल्ला कर्मरोक गाउँपालिका–८ का ३९वर्षीय मेम्बा लामा रहेका छन् दुर्घटनामा परी स्वामीकार्तिक गाउँपालिका–४ का सुशीला विक भने बेपत्ता भएको प्रहरीले जनाएको छ । धुलाचौरबाट कोल्टी आउँदै गरेको से १ ज १०६४नम्बरको स्वामीकात्तिक यातायातको जिप बाँधुको कालापहाड भन्ने ठाउँमा दुर्घटना भइ कर्णाली नदीमा खसेको हो दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मुगु जिल्ला कर्मरोक गाउँपालिका–८ का २० वर्षीय गाम्चो लामा र सोही ठाउँका टेर्चे लामा तथा स्वामीकार्तिक खापर गाउँपालिका–४ का २२ वर्षीया सरु विक र उनकी दुई वर्षीया छोरी रहेको प्रहरी प्रमुख भाटले जानकारी दिए