नेपाल भ्रमण वर्षको प्रचारप्रसारमा जुटे ओमनमा नेपाली संघसंस्था !

नेपाल भ्रमण वर्षको प्रचारप्रसारमा जुटे ओमनमा नेपाली संघसंस्था !

नेपाल भ्रमण वर्षको प्रचारप्रसारमा जुटे ओमनमा नेपाली संघसंस्था !

ओमनमा नेपाल भम्रण वर्षको प्रचारप्रसार गर्न यहाँ क्रियाशील रहेका नेपाली संघसंस्थाहरु एकजुट भएका छन् । गएको शुक्रबार मस्कटमा संघसंस्थाका प्रतिनिधिहरूले बैठक बसेर ओमनमा संयुक्त रुपमा नेपाल भ्रमण वर्षको प्रवर्द्धन गर्ने सहमति गरेका हुन् बैठकले ओमनमा सक्रिय सामाजिक संघसंस्थाहरूबाट एक–एक जना सदस्य रहने गरि छविलाल बस्नेतको संयोजकत्वमा १९ सदस्यीय भिजिट नेपाल २०२०प्रचारप्रसार तथा कार्यक्रम आयोजक टिम गठन गरेको छ गठित समितिले सपिङ्ग मल तथा गेटहरुमा भिजिट नेपालको ब्यानर राख्ने, भिजिट नेपाल २०२०को लागि फेसबुक पेज निर्माण गरि विभिन्न सामाजिक सञ्जालमा प्रचारप्रसार गर्ने, विभिन्न कम्प्लेक्सहरूमा नेपाली मौलिक सामाग्री तथा सांस्कृतिक प्रदर्शनी गर्ने, फोटो प्रतियोगिता गर्ने, समुद्री किनारा सरसफाइ गर्ने, रक्तदान कार्यक्रम गर्ने, विभिन्न देशहरूको कार्यक्रमहरूमा पुगेर भिजिट नेपाल २०२०को प्रचारप्रसार गर्ने, ओमनका पत्रकारहरूलाई नेपाल भ्रमण गराउन पहल गर्नेलगायतका वार्षिक कार्य योजनाहरूको तय गरेको छ ।

समितिले मस्कटमा रहेको नेपाली दूतावासको सहकार्यमा आफ्ना गतिविधि सञ्चालन गर्नेछ गठित समितिको कोषाध्यक्षमा एनआरएनए ओमनका अध्यक्ष सेवन्त पुर्जा पुन चयन भएका छन् । त्यस्तै विवेकशील नेपाली दलका राजेश महर्जनलाई सचिव तथा मिडिया कभरेजकाे जिम्मेवारी दिएको छ त्यसैगरी समितिको सदस्यहरुमा विकास घले (नेपाली समाज) भिम निरौला सगरमाथा समूह सन्जय साह जनसम्पर्क समिति पुर्ण बहादुर बि.क. पहाडी (प्रवासी नेपाली एकता मंच खेम खडकाथोकि (बाग्लुङ सेवा समाज) घनश्याम भण्डारी गुल्मी सेवा समाज साबित्रा पोखरेल पाल्पाली परिवार गणेश चोखाल (मोना म्यादी दिल रानामगर (नेपाल मगर संघ बिरोज लामा (नेपाल तामाङ समाज सुरेश बराइली दलित एकता संजाल ओमकार तामाङ बुद्ध भिजन मधु गुरुङ नेपाली महिला समुह सुशील पुन (अन्तर्राष्ट्रिय साहित्य समुह), बिक्कल झा (एनआरएनए र पुर्ण गुरुङ तमु समाज रहेका छन।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account