भ्रमण बर्ष २०२० को युएईबाट सुरुवात !

भ्रमण बर्ष २०२० को युएईबाट सुरुवात !

भ्रमण बर्ष २०२० को युएईबाट सुरुवात !

नेपाल भ्रमण बर्ष २०२०को प्रचार गर्ने उद्देश्यले युएईबाट भ्रमण बर्ष २०२०शुरु गरिएको छ।नेपाली समाज युएईको संयोजनमा युएईमा रहेका ४दर्जनभन्दा बढि नेपाली सामाजिक संघसंस्थाहरुले नेपाल भ्रमण बर्ष २०२०तथा नयाँबर्षको शुभकामना आदानप्रदान कार्यक्रम तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाएका हुन् ।कार्यक्रम नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नेपालमा पर्यटकहरू भित्र्याउने उद्देश्य अनुरुप प्रचारप्रसारका लागि कार्यक्रमको आयोजना गरिएको नेपाली समाज युएईको प्रवक्ता हरी दुलालले जानकारी दिए ।कार्यक्रममा बोल्दै नेपाली दूतावास यूएईका श्रम काउन्सिलर भेष बहादुर कार्कीले भ्रमण बर्ष सफल बनाउने काम नेपाल सरकारको मात्र नभएर विश्वभर रहेका आम नेपालीको समेत दायित्व रहेको बताए । यूएईमा रहेका एक नेपालीले कम्तिमा २जना पर्यटक नेपाल भित्र्याउने पहल गर्नुपर्ने उनको भनाई थियोकार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष गोविन्द प्रसाद ढकालले विश्वभरबाट यूएई घुम्न आउने पर्यटकहरूलाई नेपाल पनि घुम्नका लागि आग्रह गर्दै नेपालका बारेमा उनीहरूलाई जानकारी दिन प्रचारप्रचारलाई निरन्तर दिनुपर्ने बताउँदै नेपाली समाज त्यसका लागि लागिरहने प्रतिबद्वता जनाएका थिए कार्यक्रममा यूएईमा रहेका विभिन्न संस्थाका प्रतिनिधि गैर आवासीय नेपाली संघ युएई पर्यटन व्यवसायीहरूले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा नेपाल भ्रमण वर्षको लोगो अंकित टिसर्ट नेपाली टोपीलगायतका प्रचार सामाग्री समेत वितरण गरिएको थियो ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account