मासु पसलमा २२ बोरा मरेको कुखुरा भेटियो, बेच्ने रेट पनि महँगो !

मासु पसलमा २२ बोरा मरेको कुखुरा भेटियो, बेच्ने रेट पनि महँगो !

मासु पसलमा २२ बोरा मरेको कुखुरा भेटियो, बेच्ने रेट पनि महँगो !

राजधानी काठमाडौंको भीमसेनगोलामा रहेको बी एण्ड बी मिटसपमा देखिएको एक दृष्यले सबैलाई साच्न बाध्य बनाएको छ । त्यहाँ बिक्रीका लागि राखिएको २२ बोरा कुखुराको मासु भेटियो । त्यो मासु सबै मरेका कुखुराको थियो । उक्त मासु बरामदपछि नष्ट गरिएको छ गुणस्तरहीन मासु बिक्रीको आरोपमा मीट मार्टलाई वाणिज्य विभागले तीन लाख रुपैयाँ जरिवाना समेत गरेको छ । विशेष सुराकीको आधारमा बानेश्वर प्रहरीले बरामद गरेको मासु सोमबार वाणिज्य विभागले पशु चिकित्सकसमेतको रोहबरमा निरिक्षण गरेको थियो ।

मृत कुखुरालाई ताजा मासुको रुपमा बिक्री गर्न लागेको पाइएपछि जरिवाना गरेर नष्ट गर्न निर्देशन दिइएको विभागका निर्देशक एवं अनुगमन शाखा प्रमुख सागर मिश्रले जानकारी दिए । प्रहरीले मंगलबार कुखुरा नष्ट गरेको र कालोबजारी ऐन अन्तरगत जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप कारबाही अघि बढाउने निर्देशक मिश्रले बताए मिट सपका सञ्चालनकलाई पक्राउ गरेर हिरासतमा लिइएको छ । उनीहरुले विभिन्न स्थानबाट मृत कुखुरा संकलन गर्ने र राजधानीका विभिन्न स्थानमा सप्लाई गर्ने गरेको खुल्न आएको छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account