मोहत्तरी घटना : अदालतले हत्या आरोपीलाई नछोडेको भए गुलाब बाँच्ने थिइन्’

मोहत्तरी घटना : अदालतले हत्या आरोपीलाई नछोडेको भए गुलाब बाँच्ने थिइन्’

मोहत्तरी घटना : अदालतले हत्या आरोपीलाई नछोडेको भए गुलाब बाँच्ने थिइन्’

पूर्व–पश्चिम राजमार्गको बर्दिवास खण्डबाट करिब पाँच सय मिटर दक्षिणतर्फ छ गुलाब साह खातुनको घर । ६वर्षीया गुलाब बर्दिवास नगरपालिका वडा नम्बर १४स्थित घरमा ७मंसिर बिहानसम्म हाँसी खुसी आँगनमा खेलिरहेकी थिइन् ।त्यसदिन पनि गुलाब कहिले अम्मा चकलेट किन्दिनु त कहिले बिस्कुट किन्दिनु भन्दै खेलीरहेकी थिइन् । दिउँसो एकाएक गुलाबको खोजी भयो तर भेटिएन निकै खोजी गरेपछि भेटिन् त भेटिइन् तर उनी चकलेट र बिस्कुट खान सक्ने अवस्थामा थिइनन् । उनलाई अपराधीले कहिले बोल्न नसक्ने आँगनमा खेल्न नसक्ने अवस्थामा पुर्‍याइसकेको थियो ।चकलेट किनेर घर आएकी थिइन् फेरि खेल्न बाहिर कुदिन् र कहिल्यै फर्किनन् आँखा भरी आँसु पार्दै गुलाबकी फुपु आरफा खातुनले भनिन् ।त्यो कालो दिनयता गुलाबको घरमा चुलो बलेको छैन । परिवारका कसैले खाना खाएका छैनन् । परिवारका सदस्यको कानमा गुलाबको बोली गुञ्जिरहेको छ ।

आमा सबिना खातुन अर्धमुर्छित छिन् । छोरी हराएको दिनदेखि उनको मुखमा अन्न परेको छैन । छिनछिनमा बेहोस जस्तै बन्छिन् । लाग्छ आमाको आँखाको आँसु नै रित्तिइसकेको छ ।बाबु–आमाकी जेठी सन्तान थिइन् गुलाब । नाम जस्तै सुन्दर र प्रिय गुलाब । तर अपराधीले गुलाबलाई फक्रिनै दिएन ।गत आइतबार बेपत्ता गुलाबको शव बोरामा भेटिएपछि उनको परिवार आफन्त मात्रै होइन सिंगो देश नै शोकमग्न छ गुलाबका बुबा सहिद आलम मुर्छित श्रीमतीलाई घरमै छाडेर न्यायका लागि हारगुहार गरिरहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईं गुलाबको हत्या गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहले गरेको बताउँछन् । बर्दिवास–१४ स्थित किराना पसलमा चकलेट किन्न गएकी गुलाबलाई साहले हत्या गरेर बोरामा शव लुकाएको डीएसपी चापागाई बताउँछन् । गुलाबको मृत शरीर साहको घर नजिकै भेटिएको थियो गुलाबको खोजतलास गर्ने क्रममा आइतबार साँझ हामी उसको घरभित्र जान खोजेका थियौं फुपु आरफा भन्छिन् त्यहाँ खटिएका दुईजना प्रहरीले खोजतलास गर्न दिएन ।गुलाबको हत्यारालाई फाँसी दिनुपर्ने आवाज उठेको छ । गत जेठमा आफ्नै साथीको हत्या गरेको स्वीकारी बयान दिँदा पनि आरोपी साहलाई अदालतले धरौटीमा छोडेको थियो ।हत्यारालाई अदालतले त्यसरी नछोडेको भए गुलाव बाँच्ने थिइन्  हत्यारा कुनै हालतमा जोगिनु हुन्न गुलाबकी फुपु आरफाले आँसु पुछ्दै भनिन् यो आपराधिक घट्नाको सिलसिला यतिमै रोकिदैन । विगतमा हत्या गर्दा पनि उन्मुक्ति पाएका अपराधीलाई कारबाहीको माग गर्दै जनता आक्रोशित भए गुलाबको हत्यारालाई कडा भन्दा कडा कारबाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीको गोली लागेर बुद्धिराज संजय न्यौपानेको ज्यान गयो ।

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account