म मरेर गए पनि मेरो शब्दहरु कहिले पनि मर्दैन ! पुरा पढ्नुहोस !

म मरेर गए पनि मेरो शब्दहरु कहिले पनि मर्दैन ! पुरा पढ्नुहोस !

म मरेर गए पनि मेरो शब्दहरु कहिले पनि मर्दैन ! पुरा पढ्नुहोस !

म मरेर गए पनि यो मेरो शब्दहरु कहिले पनि मर्दैन ! एक चोटी पढी दिनुस । मृत आत्माले शान्ति पाओसरणजोर खोलाले बाढीले बगाएर चार दिन देखि बेपत्ता किशोरी उष्मा फुयाँलको शव बिहीबार फेला परेको छ ।सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाको खुर्कोट नजिक उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाका अनुसार फुयाँलको शव घटनास्थल मुचुल्कापछि पोष्टमार्टमका लागि मन्थली ल्याइएको छ मन्थली माविबाट कक्षा ११को परीक्षा दिन रुद्राक्षेश्वर मावि मुगिटारतर्फ जादै गर्दा सोमबार विहान रणजोर खोलाको बाढीले बगाएको थियो । उनि सँगै बगेका अन्य ६जना विद्यार्थीको तत्कालै उद्दार गरिएको थियो ।

भिडियो अन्त्यमा छ यो पनि पढ्नुहोस यो कुरा सुरु भएको थियो २०७४ सालको नयाँ वर्षको दिन। बैशाख १गते निन्द्राबाट ब्युझिए लगतै देब्रे हतको नाडीमा केही असहज महसुस भएको थियो। खस्रो चिज हातमा कोरिएको थियो हेर्दा ट्याटुजस्तो देखिने छाम्दा भने कुनै कुरा टाँसिए जस्तो। बेलुका सुत्दा सामान्य नै रहको हातमा एकाबिहानै आएको अस्वभाविक परिवर्तनसंगै अनौठो अनुभुति भएपनि म डराएँ। छिटो छिटो खाटबाट उठेर बाथरुम पसेर हातमा साबुन लगाएँ। मज्जाले मिचेपखाले। सो ट्याटु जस्तो चिज पखालिएन बरु त्यसको रंग चेन्ज भयो। कालो गोलो घेरा देखियो। गोलो घेरा भित्र रेखाहरु आफसे आफ कोरिन थाले। हेर्दा हेर्दै गोलो आकारको दाँया बाँया घडीको दम जस्ता दुई आकार देखियो। अब घडी जस्तो आकृति प्रस्ट देखियो। घडीको १२ अंकको ठाउँमा एउटा सानो थोप्लो र ६ अंक रहने ठाउँमा अर्को थोप्लो देखे।

पानीभित्रबाट सहतमा निस्केसरी छालामा बिस्तारै तीनवटा फरक-फरक रंगका सुईहरु प्रस्ट देखिन थाले। रातो रंगको धर्सो १२अंकतिरको थोप्लो तिर सोझियो। निलो हरियो रंगको सुई ६बजेको थोप्लो तिर तेस्रियो। सुईहरु देखिएको ठाउँ छाम्दा पनि महसुस हुन्थ्यो।बाथरुमबाट निस्किए। सोच्दै नसोचेको क भयो कसलाई भन्ने मन डरायो। के भएको देखाउन हस्पिटल जाउँ कि? फेरी दुखेको पोलेको केही छैन। के होला पहिले पत्ता लगाउनु पर्ने सोचे। सोच्दा सोच्दै कोठा बाहिर निस्के। नजिकै रहेको सानिमाको घर तिर तेर्सिए। सानिमाको छोरा मैरै उमेरको थियो। उसैले भन्ने आँटेर कल गरे। आयुष कता छस् घरमा म आउँदै छु है ओके उसले फोन राख्यो।

हातको अनौठो घडी हेरे। घडीमा देखिएको दुईवटा दाँयाँबाँया रहेका दमजस्ता मध्ये एउटा अलिक बाहिर अर्को केही भित्र छिरेको जस्तो थियो। बाहुला सारेर त्यसलाई छोपी बानेश्वर तिर लम्के। बानेश्वर चोकमा बाटो काट्नेको भित्र सदा झै बाक्लो थियो। कलेज जान लागेका केटीहरु चर्को स्वरमा गफ गर्दै थिए। चोकको बिचमा ट्राफिकको सिठ्ठिको आवाज झनै चर्को थियो। धुवाँ धुलो कोलाहाल यो भन्दा त गाउँकै वातावरण ठिक। गाउँसंग तुलना गर्दै मान्छेको भिड भित्र बाटो काट्न उभिरहेको थिए। बाहुला सारेर घडी हेरे। त्यो बाहिर निस्किएको जस्तो दम थिचेझै औलाले धकेलेको मात्र के थिए त्यो त साच्चै थिचियो भित्र पस्यो। यो भित्र पस्नासाथ पहिले दबिएझै रहेको अर्को तिरको दम फुत्त बाहिर आयो। १२बजे तिर तेर्सिएको रातो सुइ ६बजेमा झर्यो। निलो सुई १२तिर तेर्सियो। हरियो सुईमा कुनै हलचल देखिएन। छालाको सहतमा आएको हलचलबाट आँखा उठाए अर्को अनौठो घट्यो। वरिपरि रहको बाटो काट्नेको भिड गायब! वरिपरि हेरे डाँडापाखा अनि वनजंगल मात्र।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account