रमेश प्रसाई रिसाएपछि फकाउँदै उनकी पत्नी नन्दा !

रमेश प्रसाई रिसाएपछि फकाउँदै उनकी पत्नी नन्दा !

रमेश प्रसाई रिसाएपछि फकाउँदै उनकी पत्नी नन्दा !

रमेश प्रसाई ताप्लेजुंगमा २०५० सालमा भएको हो । उनका बुवा आमा शिक्षण पेशामा संलग्न छन् । त्यसैले उनी साथैदेखि चेतनशिल थिए । दुवै आँखा नभएका उनी जन्मजात नै यस्तै हुन् । उनी सामाजिक विषयमा बोल्छन् सामाजिक सञ्जालमा पनि निकै सकृय छन् ।झापाको गह्रामुनीमा उनी ५ कक्षा सम्म पढेका हुन् । त्यसपछि उनी पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा पढ्न थाले । त्यो विद्यालयमा दृष्टिविहिन विद्यार्थीहरु अध्ययन गर्ने गर्थे । दृष्टिविहिन मात्र अध्ययन गर्ने विद्यालय भएकाले उनलाई त्यहाँ पढ्न पनि सजिलो भयो । उनी सानै देखि नै गीत संगीतमा रुची राख्थे दृष्टिविहिनहरुका लागि उपयुक्त हुने विभिन्न कृया’कलाप गराउने भएकाले अन्य कृयाकलापमा पनि उनी सकृय थिए । उनले २०६९ सालमा एसएलसी दिएर पहिलो श्रेणिमा पास गरे ।पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा उनले पहिलो पटक सामाजिक सञ्जाल फेसवुकमा ला:इभमा आएर दिएको अभिब्यक्ति पछि चर्चित भएका थिए ।

२०७५ साल बैशाखमा नरेन्द्र मोदी नेपाल आउँदा उनले त्यसवारे बोलेका थिए । सामाजिक सञ्जालमा उनले निकै खरो भनाई सार्वजनिक गरेका थिए । त्यो भनाई निकै चर्चित भयो ।अहिले उनी पब्लिक स्पीकरका रुपमा परिचित छन् । रमेश निकै चलाख बच्चा भएको उनको आमा सविता प्रसाईले बताउँछिन् । जन्मदै दुवै आँखा टालि’एको उनी रुँ दा पनि नाकवाट आँ शु आउने गरेको पनि उनले बताउँछिन् यस्तो अवस्थामा जन्मिएका रमेश लाई ठूलो भएर जिवनमा केही गर्न सक्दैन विष खुवाएर मारिदिनु भनेर छिमेकीले भनेको उनकी आमाले सम्झन्छिन् । न्वारनमा आएका पण्डितले समेत कसरी दुध खुवाउँछौ भनेर प्रश्न गरेका थिए ।रमेशलाई हिन्दी फिल्म निकै मन पर्छ । सुरुमा त रमेशले पढ्न सक्दैन भनेर विद्यालय पनि पठाएका थिएनन् । तर पछि रमेशले आफुलाई नदेख्ने भएर हेपेको भनेर कर गरेपछि मात्र उनलाई विद्यालय भर्ना गरिदिएका थिए । उनी विद्यालयमा भर्ना भएपछि उनले विलक्षण प्रतिभा देखाएका थिए ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account