श्रीमती भन्छिन् अब पुग्यो, श्रीमान भन्छन् छोरा नै चाहिन्छ ! छोरा पाउने आसमा एक दम्पति

श्रीमती भन्छिन् अब पुग्यो, श्रीमान भन्छन् छोरा नै चाहिन्छ ! छोरा पाउने आसमा एक दम्पति

श्रीमती भन्छिन् अब पुग्यो, श्रीमान भन्छन् छोरा नै चाहिन्छ ! छोरा पाउने आसमा एक दम्पति

मोरङ बेलबारी नगरपालिका ११लक्ष्मीमार्गकी कुमारी दर्जीले छोरा पाउनैपर्ने दवावका कारण ८जना छोरी जन्माईन् । १३वर्षको कलिलो उमेरमै बिबाह बन्धनमा बाधिएकी उनले ३८वर्षको उमेरमा आठ सन्तानकी आमा बनिसकेकी छिन् कुमारीका श्रीमान मुकुन्द दर्जी ४८वर्षका भए । मुकन्द गाँउमै दैनिक ज्यालादारीमा काम गर्छन् । दिनभरी काम गरेर मुकुन्दले ५ सय ज्याला पाँउछन् । परिवारमा मुकुन्दको कमाई बाहेक अन्य आम्दानीको श्रोत केहि छैन । छोरा जन्माउने आशमा लगातार छोरी जन्मिए वर्षेनी जस्तै भएका सन्तानलाई लालन पोषण र शिक्षा दिक्षाको लागी समस्या रहेको कुमारी बताउछिन् । काली माध्यमिक विद्यालयको १०धुर जग्गामा सानो घर बनाएर बसेका दर्जी परिवारले उक्त विद्यालयलाई वार्षिक भाडा वापत ६सय तिर्ने गरेको मुकुन्दले बताए कुमारीकी जेठि छोरी २२वर्ष पुगिन् उनको विवाह भईसकेको छ । उनि दुई सन्तानकी आमा समेत भएकी छिन् । माईली छोरी २०वर्षकी छन् उनले आर्थीक अभावकै कारण ८कक्षा पढेर छाडिन् । साईली छोरी १७वर्षकी भईन् उनी ७कक्षामा पढ्दै छिन् । काईली १६वर्षकी भईन् उनी ६कक्षामा पढ्दै छिन् । अन्तरी १३वर्षकी भईन् उनी २कक्षामा पढ्दै छिन् । जन्तरी ९वर्षकी भईन् उनी १कक्षामा पढ्दै छिन् ।

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account