सरकार आफैं मान्दैनन कानुन खुलेआम गुडिरहेका छन गैरकानुनी सवारी : टोप खत्री !

सरकार आफैं मान्दैनन कानुन खुलेआम गुडिरहेका छन गैरकानुनी सवारी : टोप खत्री !

सरकार आफैं मान्दैनन कानुन खुलेआम गुडिरहेका छन गैरकानुनी सवारी : टोप खत्री !

कुतर्कमा आधारित बहस भर्खर नयाँ र चिटिक्क बनेको काठमाडौँको चक्रपथको कुनै पनि ठाउँमा गएर एक घण्टा नियाल्ने हो भने कमसेकम एउटा मोटरसाइकल आफ्नै अगाडि दुर्घटनामा परेको देखिन्छ । टुटल र पठाओको अर्को तर्क के हो भने काठमाडौंको सार्वजनिक यातायात सेवा भद्रगोल छ । ट्याक्सीमा ठगीको गुनासो छ । बस र माइक्रोमा अत्यधिक भिडभाड हुन्छ । खुट्टा टेक्ने ठाउँ पाउन मुश्किल पर्छ । चढेपछि त्यहाँ अनेकन सास्ती खेप्नुपर्छ । सार्वजनिक यातायात सेवामा माग र आपूर्तिको सिलसिला मिलेको छैन । यसलाई टुटलले थोरै भए पनि राहत दिएको छ अरे बाबा ! यातायात भद्रगोल छ भने व्यवस्थित बनाउन पहल गर्नुपर्यो । ट्याक्सीले ठगेको छ भने ठगी नियन्त्रण गर्न दवाव दिनुपर्यो प्रहरीलाई खबर गरेर ठगहरुलाई खोरमा पठाउन पहल गर्नुप¥यो बस र माइक्रोमा खुट्टा टेक्ने ठाउँ छैन भने सार्वजनिक यातायातका अन्य विकल्पहरू खोज्नुपर्यो । संसारभर असुरक्षित र अव्यावहारिक ठानिएको दुईपांग्रेमा यात्रु बोक्न पाउनुपर्ने तर्क गर्नु त अब माथिका तर्कहरू त शैक्षिक भ्रमणमा जान बाबुले पैसा दिएनन् भन्दैमा लागूऔषधको तस्करी गर्न सुरू गर्ने अनि पैसा कमाएर भ्रमणको खर्च जोहो गर्नुपर्छ जस्तो भएन र

अन्तराष्ट्रिय मान्यता विकसित देशका उच्च जनघनत्व भएका कुनै पनि सहरहरूमा मोटरसाइकलको प्रयोग सिमित बनाइएको छ । दुईपांग्रे सवारी साधनमा यात्रु बोक्न पाउनुपर्छ भन्नेहरूको अर्को गजबको तर्क के छ भने वैदेशिक रोजगारीबाट फर्केकाहरूले काम पाएका छन् पेट्रोल खर्च उठाएका छन्, कसैले घरखर्च पनि उठाएका छन् यसमा सरकाले किन आँखा गाड्नु पर्यो युएईबाट फर्केकाहरूले युएईको कुन शहरमा दुईपांग्रेले यात्रु बोकेको देखेका छन् त्यसको जवाफ दिनुपर्यो । मलेसियाबाट फर्केकाहरूले त्यहाँ सवारीका रूपमा मोटरसाइकलमा चढेर यात्रा गरे कि गरेनन् अमेरिकाको कुन राज्यमा मोटरसाइकलले यात्रुलाई चढाएर पैसा उठाउँछ ? यति धेरै कुतर्कका आधारमा कफीमा तुफान सृजना गर्न खोजिएको छ केही यातायात बिचौलियाले नेपाली जनताको बौद्धिकतामा कसरी आक्रमण गर्न सफल भएका छन् भन्ने मज्जाको उदाहरण देख्न पाइएको छ पठाओ भन्ने कम्पनी बंगलादेशमा पनि बदनामी कमाइसकेको कम्पनी हो । गत सेप्टेम्बरमा बंगलादेशको उच्च अदालतले पठाओ कम्पनीलाई एउटा कानूनी पत्र पठाउँदै सेवा रोक्न आदेश दिएको थियो । पठाओ एप्लिकेसनले व्यक्तिगत डाटा चोरेको, कम्पनीले यात्रुबाट बढी पैसा उठाएको र यात्रुको सुरक्षामा ध्यान नदिएको भन्दै अदालतले पठाओलाई बन्द गर्ने आदेश दिएपछि बंगलादेशमा पनि यस्तै प्रकारका बहस चलिरहेका छन् पठाओ निर्वाध रूपमा चल्नुपर्छ भन्नेका कुतर्क त्यहाँ पनि यस्तै यस्तै छन् । सार्वजनिक सवारी अस्तव्यस्त छ, ट्याक्सीले बढी पैसा लिन्छ, बाइकले यात्रु ओसारेर के गल्ती गर्यो ? जस्ता कुतर्कहरूमाथि त्यहाँ पनि बहस चलिरहेको छ ।

नेपालको सडकको दुरावस्थाबिमस्टेक सम्मेलनको दौरानमा भीआइपीलाई सवारी स्कर्टिङ दिने क्रममा काठमाडौँको कालीमाटीमा एकजना मोटरसाइकल चालक प्रहरी दूर्घटनामा परे । भीआपीलाई स्कर्टिङ गर्नका लागि उनले लामो समय मोटरसाइकल चलाउने तालिम लिएका थिए तर उनी सडकका कारणले सम्हालिन सकेनन् पछुवा स्कर्टिङ गरिरहेका उनको मोटरसाइकल दुर्घटनामा परेपनि भीआइपीको सवारीमा कुनै अवरोध त आएन तर उनी दुर्घटनामा गम्भीर घाइते वा जे पनि हुनसक्ने स्थितिमा थिए । कैयौं भीआइपीको स्कर्टिङमा मोटरसाइकल हाकिसकेका उनलाई त्यसपटक बाटोले साथ दिएन र दुर्घटनामा परे ।काठमाडौँ त्यस्तो सहर हो, जहाँ दुर्घटनावस दिनदहाडै ढल भित्र मान्छे छिर्छन् । काठमाडौँका सडक, सडक नभएर धराप बन्दै गइरहेका छन् । सडक दुईपांग्रे सवारी मैत्री छैनन् । बाटोमा चल्ने टिप्पर, ट्रक, ठूला बसहरूको जगजगी यति धेरै छ कि दुईपांग्रे सवारीहरू सहज रुपमा यात्रा गर्न सक्ने अवस्थामा हुँदैनन् । सडकमा लेन नियम पालना भएको हुँदैन । आफै असुरक्षित रहेका दुईपांग्रे सवारी चालकहरूले यात्रुलाई सकुशल गन्तव्यमा पुर्याउने अवस्था कति छ बुझ्न सकिन्छ युवा र प्रविधिको प्रश्न प्रविधिको प्रयोग कानूनसम्मत हुनुपर्छ भन्ने विषयमा कुनै द्विविधा रहेन । तर काठमाडौँमा यात्रुहरूको जस्तो चाप छ त्यसलाई कम गर्नका लागि मोटरसाइकलको प्रयोग गर्नुपर्छ भन्ने तर्क कुनै पनि प्राविधिक हिसाबले उपयुक्त तर्क होइन । कानूनलाई प्रविधिमैत्री बनाउनु पर्छ भन्दैमा जस्तो सुकै प्रविधिलाई पनि कानूनी आवरणले ढाकछोप गर्ने र यात्रुहरूको जीवन जोखिममा राख्न खोज्ने कामलाई समर्थन गर्न सकिंदैननेपालको संविधानमा असहमति राख्दै भारतीय पक्षले गरेको नाकाबन्दीको बेलामा आम जनजीवन तहसनहस बनेको थियो । त्यतिबेला एकले अर्कालाई लिफ्ट दिएर सहयोग गर्ने प्रचलन थियो । धेरै सहयोगी मनहरूले अप्ठेरोमा परेकालाई सहयोग गरेर उदार दिल देखाएकै हुन् । यही कारणले नेपालको जनजीवनमा नाकाबन्दीको प्रभाव कम देखियोमान्छेलाई लिफ्ट दिएर नाफा कमाउने देखिएपछि केही मान्छेहरूले ‘टेक्नोलोजी र इन्नोभेसन’सँग जोडे । वास्तवमा दुईपांग्रे सवारी साधनमा यात्रु बोकेर पैसा कमाउने काम कुनै नयाँ र प्राविधिक काम होइन । नाफा कमाउने र व्यवसायीक प्रयोजनका लागि गरिने प्रत्येक कामहरू व्यवसायीक मापदण्ड भित्र पर्नु पर्छ । जताबाट पैसा कमाउन सजिलो लाग्यो त्यही काम गर्ने र कानूनी जटिलता आए पछि सरकार र कानून कै बर्खिलाप हुने काम पटक्कै ठीक होइन ।

टुटल र पठाओले अप्ठेरोमा परेका यात्रुलाई लिफ्ट दिएर आफूहरुले सेवा गरेको तर्क गरिरहेका छन् । यदि उनीहरुले सेवा नै गर्ने हो भने आफू हिड्ने रुटमा रहेका यात्रुलाई निःशुल्क सेवा गरे भै हाल्यो नि ! पैसा कमाउने कानून नमान्ने भन्ने तर्क सही हुन सक्ला टुटल’ र पठाओ यातायात क्षेत्रमा समाधान होइनन् । उनीहरूले यात्रुमैत्री सेवा दिन होइन व्यापार गर्न खोजिरहेका छन् । सरकार र कसैसँग समन्वय नगरी यस्तो व्यवसाय सुरु गर्नु गलत हो । यो सेवा होइन, चोर बाटोबाट पैसा कमाउने धन्दा हो । कर छल्नका लागि लुकेर चोर बाटोबाट आएका हुन् । टुटल र पठाओले नेपालको कानुनलाई चुनौती दिएका छन् ।’ अनुमति लिएर, नीति बनाएर, कानुुनलाई आत्मसात गरेर मात्र अगाडि बढ्नुपर्दछ प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन विपरित सञ्चालनमा रहेका टुटल र पठाओलाई तत्कालका लागि सञ्चालन गर्न आदेश दिएका थिए । त्यसपछि ट्राफिक प्रहरीले टुटल र पठाओलाई सुरु गरेको कारबाही रोकेको थियो टुटल र पठाओले एप्लिकेशन मार्फत दुईपांग्रे सवारी प्रयोगकर्ता र उपभोक्तालाई इंगेज गराई रकम असुल्दै आएका छन् । नेपालको सवारी कानुनले निजी सवारीसाधन भाडाको प्रयोजनमा लगाउन पाउने परिकल्पना नगरेको ।तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ मा निजी प्रयोगको लागि दर्ताको प्रमाण पत्र प्राप्त सवारीलाई निजी सवारी भनिने छ । त्यस्तै उक्त दफाको उपदफा २ मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ भनि स्पष्ट रुपमा उल्लेख गरिएको छ । निजी सवारी भन्नले रातो प्लेटमा सेतो अक्षर र अंक हुनु पर्नेछ भनि ऐनको अनुसूची २ को खण्ड ‘ग’मा लेखिएको छयस्ता कम्पनीले यात्रुबाट आएको भाडा रकमबाट दुईपांग्रे सवारीधनीलाई केही रकम उपलब्ध गराउने र बाँकी रकम आफैले राख्ने गरेका छन् यसरी दुईपांग्रे सवारीमा भाडाको यात्रु बोक्दा दुर्घटनाको जोखिम धेरै हुन्छ । त्यस्तोमा दुर्घटना भए यात्रुको जोखिम कसले बहन गर्ने भन्ने प्रश्न उठ्ने । यसको भाडा निर्धारणपनि कुनै आधिकारीक तवरले भएको छैन ।

निजी सवारी पनि भाडाको प्रयोजनमा प्रयोग गर्ने हो भने भाडाका सवारी भनेर छुट्याइ रहनु नपर्ने । निजी प्रयोजन र भाडाको प्रयोजन भनि नम्बर प्लेटमै प्रकृति छुट्याएर दिएपछि त्यही अनुसार सवारीको प्रयोग हुनुपर्ने भारतीय नाकाबन्दीका बेला ०७२ सालमा सवारी साधनमा ‘लिफ्ट कल्चर’ लोकप्रिय भयो । धेरै मोटरसाइकल र निजी गाडीले सवारी साधन कुरिरहेका यात्रुलाई आफ्नो रुटमा लिफ्ट दिएर सहयोग गरे नाकाबन्दीपछि पनि नेपाली युवाको समूहले त्यही ‘लिफ्ट कल्चर’लाई व्यवसायिक रुप दिने गरी ‘टुटल एप’ प्रयोगमा ल्यायो । टुटलको प्रयोग विस्तार बढ्दै गएपछि बंगलादेशको यस्तैखालको अर्को नेपाल छिर्योटुटल र पठाओ सेवा बन्द गर्न सरकारले पटक–पटक चेतावनी दिने गरेको छ । यातायात व्यवस्था विभाग निजी सवारीले भाडा लिएर यात्रु बोक्नु अवैधानिक भन्छ यातायात व्यवस्था ऐनको दफा ८ (१) मा ‘निजी सवारी सार्वजनिक यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन’ भन्ने व्यवस्था छ । ऐनकै दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने अर्को व्यवस्था पनि छ । यही कानुनमा टेकेर विभागले निजी प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक प्रयोग नगर्न चेतावनी दिँदै आएको छ गत वर्ष माघ १ गतेबाट विभागको आग्रहमा ट्राफिक प्रहरीले टुटल र पठाओमाथि कारवाही थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले माघ ४ गते नवप्रवर्तन (इनोभेसन)लाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारवाही रोक्न निर्देशन दिएका थिए ।निजी सवारीलाई भाडा उठाउने गरी सार्वजनिक रुपमा प्रयोग गर्नु सरकार र कानुनमाथि नै चुनौती विकृति । ‘प्रविधिको प्रयोग भनेर मात्रै हुँदैन, कानूनले नदिएको काम गर्न पाइँदैन,’ ‘यस्तो व्यवसायलाई छुट दिइयो भने भोलि जसले जे पनि गर्न सक्छ । यसमा राज्यले आफ्नो भूमिका देखाउनैपर्छ ।’निजी सवारी साधनलाई विभिन्न बाहनामा भाडामा प्रयोग गर्ने क्रम बढ्दै गए भविश्यमा यातायात क्षेत्र थप अस्तव्यस्त र भद्रगोल हुने छ । अन्तर्राष्ट्रिय प्रयोग भन्दै नेपाल भित्र्याइएको यस्तो प्रविधि नेपालका लागि उपयोगी छ छैन भनेर पनि हेर्नुपर्ने । सार्वजनिक यातायात सेवामा कमी कमजोरी रहे पनि समायानुकुल सुधार गर्न । ‘लाखौं खर्च गरेर किनेको ट्याक्सीको सेवालाई असर पर्ने गरी निजी सवारीले सशुल्क यात्रु बोक्ने काम कुन कानूनले दिन्छ ? टुटल र पठाओलाई राज्यले छुट दिइरहने हो भने ट्याक्सी व्यवसायीले बैंकको ऋण कसरी तिर्ने

त्यसैगरी टुटल र पठाओ लगायतका सेवा भरपर्दो नभएको, बीमा र दुर्घटनाको जोखिम व्यवस्थापन नगरिएको र सुरक्षाका हिसाबले यात्रुलाई मर्का पर्ने छ टुटल वा पठाओमा चढेको यात्री दुर्घटनामा पर्यो भने उसको उपचार खर्च या वीमा कसले व्यहोर्छ ? त्यो दुर्घटनामा यात्रुको सुरक्षाको जवाफदेही को हुन्छ विदेशमा के छ टुटल र पठाओले जस्तै भाडामा यात्रु बोक्ने प्रचलन नेपालमा मात्रै पहिलो होइन । पूर्वीएशियाली र अफ्रिकी देशमा यस्तो व्यवसाय चलिरहेको छ । बंगलादेश चीन भारत र अमेरिकाका साथै युरोपेली देशहरुमा पनि यस्तो प्रचलन छ । धेरै देशहरुले भाडामा मोटरसाइकल चलाउनका लागि लाइसेन्स तोकिएको युनिफर्म हेलमेट अनिवार्य गरेका छन् । केही देशमा मोटरसाइकलको रंग हेरेर भाडाको हो कि निजी हो भन्ने छुट्टिने गरेको छ कतिपय देशले संसदबाटै पारित गरेर भाडाका मोटरसाइकलका लागि निश्चित मापदण्ड तोकिदिएका छन् । कतिपय देशमा पुरानो प्रचलनका रुपमा यो व्यवसाय चल्दैछ विश्वका विभिन्न देशहरुमा भाडामा मोटरसाइकलको प्रयोगलाई सजिलो र सस्तो सार्वजनिक यातायातको साधन मानिने गरेको छ । यस्तो सेवालाई विश्वब्यापी नाम भने मोटरसाइकल ट्याक्सी भनेर दिइएको छ । तर, देश अनुसार यसलाई भिन्नाभिन्नै नामले पनि पुकारिन्छ । चीनमा मोटरसाइकल ट्याक्सी १९८० देखि १९९० को वीचमा प्रचलित थियो । बेइजिङ, सांघाइ र ग्वोङझाओमा अहिले पनि सो सेवा फाट्टफुट्ट पाइन्छ भारतको गोआमा मोटरसाइकल ट्याक्सी सेवा पाइन्छ । पछिल्ला वर्षहरुमा भारतका अन्य शहरमा पनि विभिन्न कम्पनीले यो सेवा उपलब्ध गराउन थालेका छन् । ८ वटा राज्यले दुईपांग्रे सवारीलाई व्यावसायिक प्रयोजनका लागि वैधता प्रदान गरिसकेका छन् । दिल्लीमा ओबर ट्याक्सी प्रचलित छ ।
पूर्वीएशियामा भाडाको मोटरसाइकल सामान्यजस्तै भइसक्यो । क्याम्बोडिया, इण्डोनेसिया र फिलिपिन्समा अधिकांश शहरमा यस्तो सेवालाई सस्तो सार्वजनिक यातायातका रुपमा लिइन्छ पर्यटकीय क्षेत्र, कार्यालय भवनहरु र सार्वजनिक बजारका साथै आवासीय घरहरु रहेका सडकमा यसको प्रयोग बढी हुन्छ । इण्डोनेसियामा लाइसेन्सविनाको यातायातका साधनका रुपमा मोटरसाइकल ट्याक्सी चर्चित छ, जसलाई ‘ओजेक’ नामले चिनिन्छ ।लाओस भियतनाम थाइल्याण्ड फिलिपिन्समात्रै होइन,युरोपको स्वीडेनमा समेत भाडाका मोटरसाइकल चल्छन् । मेक्सिकोमा पनि यस्तो प्रचलन छ । ब्राजिलमा सन् १९९४ देखि मोटरसाइकल ट्याक्सी सुरु भएको हो । सन् २००९ मा त्यहाँको संसदले मोटरसाइकल ट्याक्सी चालकका लागि मापदण्ड बनाएको थियो ।

नाइजेरियासहित अफ्रिकी देशहरुमा पनि भाडाका मोटरसाइकल प्रचलनमा छन् । नाइजेरियामा भाडाको मोटरसाइकललाई ‘ओकादा’ भनिन्छ । युगान्डा र केन्याको सीमाक्षेत्रमा भाडाको मोटरसाइकललाई बोडा–बोडा नामले चिनिन्छ लण्डनमा पनि १९९० बाट भाडाका मोटरसाइकल प्रयोगमा आएका हुन् । अमेरिकाको क्यालिफोर्निया र न्युयोर्क सिटीमा सन् २०११ बाट भाडाका मोटरसाइकल चल्ने गरेका छन् । क्यामरुनमा पनि मोटरसाइकल ट्याक्सीलाई सार्वजनिक यातायातकै मान्यता दिइएको छ नेपालमा नयाँ बहसको विषय काठमाडौंबाट कोही व्यक्ति हेटौैडा जानुपर्ने भयो र कुनै मोटरसाइकल चालकले बसको भन्दा सस्तो भाडा लिएर राजीखुशीले कसैलाई हेटौंडासम्म पुर्याउन तयार भयो भने त्यसमाथि गाडीवाल वा सरकारले रोक लगाउन मिल्छ कि ? नेपालमा यो नै अहिले बहसको मुख्य प्रश्न हो ।संविधानले रोजगारीको हकलाई मौलिक हक अन्तरगत राखेका बेला मोटरसाइकल चालकले दिनभरि रिक्सामा जस्तै यात्रु ओसारेर रोजीरोटी चलाउनुलाई उसको मौलिक अधिकार मान्ने कि नमान्ने ? यो अर्को प्रश्न हो यो सेवा एउटा कम्पनीको बिजनेस पनि हो जसमा राज्यको नीति नियम र कर राजस्व आकर्षित हुन्छ । त्यो शर्त मानेपछि सेवा दिन रोक्न पाइन्छ/पाइन्न भन्नेमा पनि मतान्तर देखिँदै आएको छ ।

अब सरकारसँग तीनखालका विकल्प छन् । पहिलो– यस्ता सेवालाई प्रतिवन्ध लगाउने । दोस्रो– अहिलेजस्तै छाडिदिने । र तेस्रो– भाडामा प्रयोग गरिने मोटरसाइकलहरुको दर्ता रंग संकेतचिन्ह चालकको पोशाक बीमा र सुरक्षा लगायतका मापदण्डहरु कानूनबाटै तोकेर सेवालाई वैधता दिने । तर अहिलेकै स्थितिमा छाड्दा यो यात्रुको सुरक्षामाथि प्रश्न उठिरहेको उनको मत छ । मोटरसाइकलमा यात्रु यसरी बोक्दा चालकलाई जिम्मेवार बनाउन सकिएन भने त्यसले यात्रुहरु जोखिममा पर्ने बरदान होइन मोटरसाइकल ट्याक्सी हरेक चिजमा गुणसँगै दोषहरु पनि हुन्छन् । मोटरसाइकल ट्याक्सीका पनि खराबी छन् । गन्तव्यमा छिटो पुगिने भएता पनि मोटरसाइकलको यात्रा सुरक्षित मानिँदैन । पछाडि बस्नेले पनि हेल्मेट लगाउनु राम्रो हुने भएता पनि सबै मोटरसाइकलमा त्यो सुविधा नहुन सक्छ । दुई जनाभन्दा बढीले एउटै साधनमा यात्रा गर्न सकिँदैन । अझ काठमाडौंजस्तो धुलो र धुँवायुक्त शहरमा त सार्वजनिक यातायात भन्दा मोटरसाइकलको यात्रा बढी अस्वस्थकर हुन्छ । जाडो मौसममा मोटरसाइकलमा भन्दा ठूला गाडीमा यात्रा गर्नु सुरक्षित र न्यानो हुन्छ ।

यी सबै चुनौतीहरुको स्थायी विकल्प भनेको सरकारले पर्याप्त र सुलभरुपमा ठूला सार्वजनिक सवारी साधनको प्रवन्ध गर्नु नै हो । टुटल र पठाओ आफैंमा यात्रुका लागि बरदान होइनन् नयाँ दिल्लीमा ओबरले मोटरसाइकल भन्दा पनि ट्याक्सीमा जोड दिएको छ । अन्य ट्याक्सीभन्दा ओबरमा सस्तो र सुरक्षित यात्रा गर्न पाइन्छ । नेपालमा पनि बंगलादेश र फिलिपिन्सतिरको जस्तो मोटरसाइकलको साटो ट्याक्सीहरुले नै अनलाइन सेवा दिन सकेको खण्डमा सस्तो पनि हुन्छ र सुरक्षित पनि हुन सक्छ । तथापि यो सार्वजनिक यातायातको विकल्प चाहिँ शायदै बन्न सक्ला अब तपाई नै आफैं भन्नोस्, नेपालमा यो बहसलाई कसरी निरुपण गर्नु उचित होला

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account