स्वदेशमै रिक्सा चलाएर छोरीलाई इन्जिनियर र अपांग श्रीमान पाल्दै महान चेली !

स्वदेशमै रिक्सा चलाएर छोरीलाई इन्जिनियर र अपांग श्रीमान पाल्दै महान चेली !

स्वदेशमै रिक्सा चलाएर छोरीलाई इन्जिनियर र अपांग श्रीमान पाल्दै महान चेली !

अझै पनि हाम्रो समाजमा महिलाहरुलाई बाहिरको काम केही आउदैन उनीहरु मात्र केवल गुहनीमात्र हुन भनेर हेपिन्छ । हुन त नेपालकै कुरा गर्ने हो भने बिभिन्न ठुला ठुला पदहरुमा महिलाहरु पुगिसकेका छन । तर मानिसहरुको सोचाई पनि त्यती परिवर्तन हुन भने सकेको छैन । उस्तै सोच्ने मान्छेहरुको लागि एउटा गतिलो उदाहरण हो कबिता राईको । यो खबर धनकुटा जिल्लाको हो ।आहा कस्तो राम्रो काम हाम्रै नेपाल अर्थात धनकुटा घर भई धरान बस्दै आएकी कविता राई भने फरक किसिमकी छिन जो अपाङ्ग श्रीमानको पालन पोषणका लागि रिक्सा अर्थात् सिटी सफारी चालक छिन । श्रीमान को जन्म जात नै एउटा खुट्टा छैन मैले नै उहाँलाई पाल्दै आएको छु उनले भनिन । धनकुटा रहँदा नै विवाह भएकी उनी आफ्नो परिवार धान्नका लागि सहर आईन । धरान आएपछि के गर्ने कसो गर्ने उनले केही सोच्नै सकिनन । उनले आफैले जसोतसो एउटा सिटी रिक्सा किनिन र आफैले चलाउन थालिन । बजारको प्रतिस्पर्धामा आएपछि उनमा आफ्नो कमाइप्रति गौरव गर्ने भावना र समाजको सम्मान दुवै थपिएको छ ।

अहिले रिक्सा चलाएर परिवार धान्न सक्दा उनी आफुलार्ए खुसी लागेको कुरा सुनाउछीन । अहिले उनको घरमा उनी र श्रीमान सँगै एउटा छोरी पनि छन् उनको पढाइ खर्च र श्रीमान पाल्न रिक्सा चलाएकै भरमा पुगेकै छ उनले बनाउ छीन । अलि अलि बचत पनि गर्ने गरेको छु । उनले भनिन् । पुरूषले मात्र सवारी साधन चलाउन सक्छन् भन्ने सोंच भएका र श्रीमानको कमाइमा मात्रै बाँच्ने महिलाका लागि यो गतिलो उदाहरण उनले पनि ठानेकी छिन् पहिला पहिला त केही गर्न सक्दिनँ कि जस्तो लाग्थ्यो उनले थपिन् र आँट कसेर निस्किएपछि सम्भव हुने रहेछ भन्ने थाहा पाइसकेको छु । उनी प्राय भानुचोकमा भेटिन्छिन् । यस्तै धरानकी मिरा लामा ९वर्ष अघि श्रीमान बितेपछि आफैले केही गर्नुपर्छ भन्दै लागिपरिन । उनले सिटी सफारी किनिन् । सिटी सफारीले अहिले छोराछोरीको पढाइ लगायत परिवार धान्दै आएकी छिन् । छोरीलाई ठेलामा व्यापार गरेरै इन्जिनियर बनाएर गर्ववान्वित उनी हाल छोरा कक्षा ११मा पढ्दै गर्दा खुशी छिन् ।पहिला ठेला ठेलेरै उनले जेठी छोरीलाई इन्जिनियर पढाइन् र इन्जिनियर बनाइन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account