हरियाे परेवा नेपालमा पहिलाे पटक भेटिएकाे दाबी !

हरियाे परेवा नेपालमा पहिलाे पटक भेटिएकाे दाबी !

हरियाे परेवा नेपालमा पहिलाे पटक भेटिएकाे दाबी !

चरा खोजकर्ता देवेन्द्र खरेलले मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पारेका छन् । वैज्ञानिक नाम डुकुला एनिया र अङ्ग्रेजी नाम ‘ग्रिन इम्पेरियल पिजन भएको उक्त चरा मेचीनगर नगरपालिका–७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको हो । नेपालमै पहिलोपल्ट सो प्रजातिको चरा भेटिएको उनकोे दाबी छ ।चराका बारेमा पुस्तक लेख्दै आएका डा हेमसागर बरालले उक्त चरा नेपालमा पहिलोपल्ट भेटिएको पुष्टि गरिसकेका छन। मैले यही मङ्सिर ९ गते बिहान साढे ८बजेतिर चराहरुको खोजी गर्दै जाँदा सिमलको रुखमा चार वटा अनौठा परेवाजस्ता चरा देखेँ मेची नगर–६ निवासी खरेलले रासससँग भने फोटो खिचेर पक्षी संरक्षण संघ र डा बराललाई पठाएँ उहाँले यो पक्षी हरित परेवा रहेको र पहिलोपल्ट भेटिएको पुष्टि गर्नुभयो ।चराहरुको खोजी र संरक्षणमा पाँच वर्षदेखि लागिरहेका उनले झापा इलाम सुनसरी चितवन लगायत स्थानमा डुलेर पक्षीको तस्बिर खिच्ने र तिनको संरक्षणका लागि जन चेतना जगाउने काम गर्दै आएका छन् । नेपालमा ८८६ प्रजातिका चरा भएको आधि कारिक तथ्यांक छ । हरित परेवालाई अहिलेसम्म पाइने चराको सूचीमा राखिएको छैन । अब चराहरुको प्रजाति ८८७ पुगेको मान्नुपर्ने चरा खोजकर्ता खरेलले दाबी गरे । घरेलु परेवाभन्दा १० सेन्टिमिटर लामो र दुवै पखेटामा चम्किलो हरियो रङ हुने भएको हुँदा सो प्रजाति को परेवा ढुकुरभन्दा दोब्बर र घरेलु परेवाभन्दा निकै ठूलो आकारको हुन्छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account