४ महिनामा कार्यालय खर्च ६२ करोड, विकास खर्च ३३ करोड:काठमाडौं महानगर

४ महिनामा कार्यालय खर्च ६२ करोड, विकास खर्च ३३ करोड:काठमाडौं महानगर

४ महिनामा कार्यालय खर्च ६२ करोड, विकास खर्च ३३ करोड:काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य अनुसार बजेट खर्च गर्न सकेन । प्रशासनिक खर्च घटाउन नसकेको महानगरपालिकाको विकास खर्चको दर भने निरासाजनक छ महानगरपालिकाले विकासका लागि उच्च दरमा बजेट विनियोजन गरेपनि खर्च गर्न नसक्दा पहिलो चार महिनामा समग्र खर्चको दर नै प्रभावित बन्न पुगको छ । बरु काठमाडौं महानगरपालिकाले आर्थिक विकास सामाजिक विकास र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा पनि राम्रो काम गर्न सकेको छैन ।

महानगरपालिकाले चार महिनाको अवधिमा जम्मा १अर्ब ४०करोड रुपैयाँ खर्च गरेको छ । यो रकम कुल विनियोजनको ९.८६प्रतिशत मात्रै हो । यो वर्षका लागि काठमाडौं महानगरपालिकाले १४अर्ब २६ करोडको बजेट ल्याएको थियो पहिलो चार महिनाको अवधिमा प्रशासनिक र कार्यालय सञ्चालनतर्फ ६२करोड ३२लाख खर्च भएको छ  चालु आर्थिक वर्षको लागि प्रशासनिक कार्यालय सञ्चालन खर्चमा विनियोजित कुल बजेटको ३३.४४प्रतिशत हो । यो वर्ष महानगरपालिकाले प्रशासनिक खर्च शीर्षकमा १अर्ब ८६करोड रुपैयाँ ३७लाख विनियोजन गरेको छ यही अवधिमा पूर्वाधार विकासको खर्च भने ज्यादै न्युन छ । ४महिनामा काठमाडौं महानगरपालिकाले ३२करोड ९४लाख मात्रै विकास खर्च गरेको छ । यो शीर्षकमा विनियोजित बजेटको ३.४८प्रतिशत मात्रै हो । यो वर्ष काठमाडौं महानगरले पूर्वाधार विकासका लागि ७अर्ब ८४करोड ६७लाख बजेट विनियोजन भएको छ महानगरपालिकाले सुसासनका लागि भनेर चार महिनामा ३करोड ७९लाख खर्च गरेको छ । यो वर्ष सुशासन र अन्तरसम्बन्धित क्षत्रेका लागि भनेर १अर्ब ८करोड छुट्याइएको यो शीर्षकमा महानगरपालिकाले ४महिनमा ३. ४८प्रतिशत मात्रै खर्च गरेको छ आर्थिक विकास शीर्षकमा ३करोड ६९लाख खर्च भएको छ । यो शीर्षकमा चार महिनामा ४.३९प्रतिशत मात्रै बजेट खर्च भएको छ । महानगरले आर्थिक विकासमा लागि ८४करोड ३०लाख खर्चिनुपर्नेछ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account