अझै हावाहुरी चल्छ, सतर्क रहनुहोला : मौसमविद्

अझै हावाहुरी चल्छ, सतर्क रहनुहोला : मौसमविद्

अझै हावाहुरी चल्छ, सतर्क रहनुहोला : मौसमविद्

बिहीबार राति देशैभर ठूलो हावाहुरी चलेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले अहिले मुलुकका अधिकांश भागमा हावाहुरी चलेको बताइन् । मौसमविद् मानन्धरका अनुसार प्रि–मनसुन अवधिका क्रममै अहिले हावाहुरी चलेको हो ।

उनका अनुसार अझै एक/दुई घण्टासम्म हावाहुरी चल्ने छ । यो हावाहुरी प्रि-मनसुन एक्टिभिटीअन्तर्गत नै चलेको हो । अझै एक/दुई घण्टा हावाहुरी चल्नेछ वर्षा भएपछि यो विस्तारै घट्दै जान्छ मौसमविद् मानन्धरले भनिन् ।

उनले शुक्रबार अपरान्ह पनि देशका केही भागमा हावाहुरी चल्ने बताइन् । भोलि पनि अपरान्हपछि यस्तै हावाहुरी चल्नेछ । तर ठूलो चल्दैन उनले भनिन् । अहिले प्रदेश१ वाग्मती गण्डकी सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा पनि हावाहुरी चलेको पनि उनले बताइन् ।

स्थानीयस्तरमै निर्माण वायु दक्षिणबाट विस्तारै उत्तरपूर्वतिर जाने पनि उनको भनाइ छ । त्यस्तै विभागले हावाहुरीका कारण घरका छाना उडाउने रुख भाँचिनेलगायतका दुर्घटना निम्तिन सक्ने भन्दै सर्वसाधारणलाई बाहिर ननिस्कन आग्रह गरेको छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account