अरूको नाममा आइपिओ भर्नेलाई रोक्न सफ्टवेयर ल्याइँदै !

अरूको नाममा आइपिओ भर्नेलाई रोक्न सफ्टवेयर ल्याइँदै !

अरूको नाममा आइपिओ भर्नेलाई रोक्न सफ्टवेयर ल्याइँदै !

हिमाञ्चल (परिवर्तित नाम)ले गाउँमा भएका आफ्ना दाइ भाइ दिदीबहिनी र साथीभाइको समेत नागरिकताका फोटोकपी ल्याए। उनीहरूका नामबाट डिम्याट खाता र ब्रोकर खाता खोले। नागरिकताका फोटोकपी पुरुषका भएमा स्वयम् आफू नै भएको आश्वासन दिए। महिला भएको खण्डमा श्रीमतीलाई लगेर स्वयम् व्यक्ति भनी आश्वासन दिएयसरी डिम्याट खाता खोल्नुको उद्देश्य थियो- सबैका नाममा आइपिओ भर्ने र दोस्रो बजारमा बेचेर आएको नाफा आफूले लिने।

हिमाञ्चलजस्ता धेरै व्यक्ति अहिले आइपिओको खेती गरिरहेका छन्। एक व्यक्तिले नै ५०-६० जना व्यक्तिको नाममा आइपिओ भर्ने गरेका छन्। आइपिओ भर्नका लागि डिम्याट खाता अनिवार्य चाहिन्छ। घरमै बसेर अनलाइनबाट आइपिओमा आवेदन दिन पाइन्छ। सिडिएस एण्ड क्लियरिङका सिइओ पूर्णप्रसाद आचार्यले अरूले नै आफ्नो नाममा डिम्याट खाता खोलेर आइपिओ भरिदिने गरेका गुनासाहरु प्रशस्त आएको बताए।यस्ता गुनासा हजारको संख्यामा छन् खासगरी आफ्नै नातेदारले डिम्याट खाता खोलिदिएर दुरुपयोग गरेको पाइन्छ मुद्दा मामिलामा जाँदैनन्। त्यसकारण कारबाही गर्न पनि मिल्दैन आचार्यले सेतोपाटीसँग भने। पीडित पक्षले मुद्दा दायर गरेर कानुनी प्रक्रियामा जाने हो भने अरूको नाममा डिम्याट खाता चलाउने व्यक्तिलाई बैंकिङ कसुरमा कारबाही हुन्छ।डिम्याट खाता खोलिदिने संस्था (डिपी)लाई स्वंय व्यक्ति नै उपस्थित भएपछि मात्रै खाता खोलिदिन यसअघि निर्देशन दिइएको आचार्यले बताए।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account