कठै मेरो देश ! ४० किलो चामलकै कारण घर जग्गा लिलाम !

कठै मेरो देश  ! ४० किलो चामलकै कारण घर जग्गा लिलाम !

कठै मेरो देश ! ४० किलो चामलकै कारण घर जग्गा लिलाम !

महोत्तरी-महोत्तरीमा मिटरव्याजीहरुको दादागिरी बेलाबखतमा उजागर भइरहेपनि प्रहरी प्रशासनको उदासिनता र पैसाको चलखेल गरेर मिटरव्याजीहरु गरिबहरुलाई अहिले पनि शो’षण गर्दे आएको छ ।

सरकारले विना दर्ताको पैसा लेनदेन गर्न नपाइने भन्दै ऐन कानुन ल्याएको छ तर त्यही कानुनको रखबालाहरुलाई आर्थिक प्रलोभनमा पारेर मिटर व्याजीहरुको कालो धन्दा अहिले पनि जारी नै रहेको छ ।महोत्तरीको मटिहानी नगरपालिका वाडा नं१धिरापुरमा अहिले यस्तै मिटर व्याजीको कालो क’र्तुत सामुने आएको छ ।

धिरापुर बस्ने तेतरी देवीले करिब ७बर्ष पहिला गाउँकै एक जना साहु सँग आफनो बच्चाहरुको लालनपालन गर्नका लागि ४० किलो चामल सापटी लिएकी थिइन । साहुले ४०किलो चामल दिए वापत तेतरी सँग एउटा सदा कागजमा हस्ताक्षर गराए ।पढन लेखन नजानेका तेतरी कस्तो कागजमा हस्ताक्षर गरेको थाहै पाएनन र उनी घर आए ।

एक बर्ष पछि तेतरी ४०किलो चामलको पैसा साहुलाई दिन जाँदा साहु जगदिश साहले २० हजार रुपैया माँग गरे र तेतरी देवीले जसोतसो रुपैया पनि दिइन । २० हजार पैसा पाएपछि साहु जगदिश साहले तेतरीलाई तिमिले मेरो चामलको पैसा दियोै भनेर हस्ताक्षर सादा कागजमा गराउँन लगाए ।

अनपढ तेतरीले फेरी औंठाछाप गरिदिइन । दिनवित्दै गयो र अहिले ६ बर्ष पछि साहु जगदिश साहले तेतरी माथि ९ लाखको मु’दा अदालतमा दिएका छन् । अदालतबाट तेतरीको घरमा कागज पुग्दा तेतरीलाई छाङ्गाबाट ख’से जस्तै भयो र उनि गाउँका केही मानिसहरुलाई लिएर साहु जग्दिश साह काहँ पुगिन ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account