विश्वमा नै अब कम्युनिष्ट हटिसकेको अवस्थामा अब नेपालबाट पनि विदाई हुन लागेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय संसद डा. नारायण खड्काले बताएका छन् ।चौदण्डीगढीको १नं.वडा चौदण्डीगढी दरबार क्षत्रमा आईतबार कार्यकर्ता भेटघाटको क्रममा पुगेका संसद खड्काले सो कुरा बताएका हुन् आफ्नै नेताहरुको चर्तिकला र व्यवहारबाट आजित भइसकेका कम्युनिष्ट कार्यकर्ताहरु दिक्क बनाई रहको समेत उनले बताए कुनै दलको अप्ठ्यारोका कारण हैन आफ्नै पार्टी भित्रको आन्तरिक द्वण्द्ध व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बताओलीले संविधानमै व्यवस्था नभएको अलोकतान्त्रिक कदम चालेकोले नागरिकको संविधान रक्षा गर्न कांग्रेसले एक चरणको सडक आन्दोलन गरिसको स्पष्ट पारे भेटघाटको क्रममा संसद खड्काले नेकपा परित्याग गर्ने ६८घर १सय ५०जना बढीलाई स्वागतसमेत गरेका छन् सर्वसाधारण नेपाली नागरिकको न्यूनतम आधारभूत आवश्यक्ताहरु पुरा गर्नुको साटो आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त भएको भन्दै उनीहरुले नेकपा परित्याग गरेका हुन् गडिखबर ।