कुर्दाकुर्दै अस्ताइन ६८ वर्षीया चेतकुमारी बुढाथोकी,आमाको आत्माले शान्ति पाउन !

कुर्दाकुर्दै अस्ताइन ६८ वर्षीया चेतकुमारी बुढाथोकी,आमाको आत्माले शान्ति पाउन !

कुर्दाकुर्दै अस्ताइन ६८ वर्षीया चेतकुमारी बुढाथोकी,आमाको आत्माले शान्ति पाउन !

साउने झरीको एक साँझ। बृद्धाश्रमको परिसर। अपराहन्न करिब पाँच बजे उनले जीवनको अन्तिम सास फेरिन्। र सधैका लागि अस्ताइन्।बुढेसकालमा जीवनको ओत खोज्दै तेरौंटेस्थित बृद्धाश्रममा आइपुगेकी ६९ वर्षीया चेतकुमारी बुढाथोकी असार १२ गते बृद्धाश्रममै बितिन्। उनी नौ महिनाअघि वृद्धाश्रममा पुगेकी थिइन्। आफ्ना चार सन्तान आफन्त र माइतीले साथ छाडेपछि उनी एक्लो बनेकी थिइन्। र जीवनको अन्तिम सहारा खोज्दै उनी बृद्धाश्रमको बाटो तताएकी थिइन्।जाँगर छुउञ्जेल हात खुट्टा चलाएँ। बुढेसकाल लागेपछि रोगले च्यायो। काम गर्न नसक्ने भएँछ महिना अघि बृद्धाश्रममा भेटिदा उनले भनेकी थिइन्– आफ्नो भन्नु सबै भएर पनि कोही नभए जस्तो भयो। बुढेसकाल सबैका लागि बोझ भयो। कतै अटाउन सकिनँ। अनि मैले बृद्धाश्रम नआएर सुखै पाइनँ।उनी दाङमा जन्मिन्। बिहेवारी पनि यतै गरिन्। चार सन्तान भए। अहिले दुई सन्तान नारायणगढ र एक सन्तान दाङमै छन्। सानैमा भारत पसेका एक छोरा भने वेपत्ता छन्। श्रीमान्ले अर्की ल्याएपछि उनी नारायणगढ पुगेर १२वर्ष होटल गरिन्। सन्तानलाई उतै पढाइन् हुर्काइन्। शिक्षादीक्षा दिइन्। विवाहवारी गरिदिइन्। जीवनको बाटो देखाइदिइन्। होटलबाट उनले केही सम्पत्ति पनि जोडिन्। सम्पत्ति जति सन्तानलाई भाग लगाइदिइन्। अहिले उनका सन्तानले राम्रै घरगृहस्थी गरेका छन्। व्यवस्थित जीवन बाँच्दैछन्।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account