प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मासँग बयलगाडाको ‘चिन्ह’ मात्र भएको बताएका छन्।
राजधानीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले चुनाव चिन्ह सूर्य आफूहरूको भएको भन्दै केपी ओली कुनै एउटा सामान्य गुटको अध्यक्ष र नेता भएको बताए।
‘चुनाव चिन्ह सूर्य हामीसँग छ। केपी ओलीको त बयलगाडाको चिन्ह हो,’ उनले भने।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीलाई बिर्सिएर पशुपतिनाथको मन्त्र जप्न थालेको बताएका छन्।
राजधानीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले पशुपतिनाथले पनि ओलीको कल्याण नगर्ने बताएका हुन्। ‘केपी ओलीलाई चेतना भया संविधान मिचाहालाई लोकतन्त्रको हत्यारालाई जनअधिकार कुल्चनेलाई पशुपतिनाथले पनि धिक्कार भन्नेछैन,’ उनले भने, ‘केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा आज यो विशाल विरोध सभा भएको छ। केपी ओलीजी तपाईँले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ। अब त्यो नाम पनि विर्सिसक्नुभएको छ।’
ओलीलाई जनमत विश्वास नभएको नेता नेपालको भनाइ छ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा हजारौं बलात्कारका घट्ना घटेको सुनाउँदै अहिलेसम्म क–कसलाई कारबाही गर्नुभयो? भन्दै ओलीसमक्ष प्रश्न गरे।
उनले अगाडि भने‘जुन पार्टीले तिमिलाई प्रधानमन्त्री बनायो अहिले त्यही पार्टी सिद्ध्याउन लाग्यौँ, धिक्कार छ। पशुपतिनाथले पनि त्यही भन्लान् केपी ओलीलाई धिक्कार छ।उनले प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई धम्क्याउने काम गरिरहेको दाबी गरे। बहुमत आफ्नो पक्षमा रहेको दाबी गर्दै उनले भृकुटीमण्डपमा आयोजित सभामा भने‘हाम्रो पक्षमा कति छन् ? ४ सय ४१, अनि ओलीको पक्षमा ? सय ।