कोरोना संक्रमित अक्षय कुमार अस्पताल भर्ना !

कोरोना संक्रमित अक्षय कुमार अस्पताल भर्ना !

कोरोना संक्रमित अक्षय कुमार अस्पताल भर्ना !

कोरोनाभाइरसबाट सं’क्रमित बलिउड अभिनेता अक्षयकुमारलाई सोमबार अस्पताल भर्ना गरिएको छ । उनको स्वास्थ्यमा समस्या देखिएको बलिउड संचारमाध्यमले जनाएका छन् ।आज बिहान उनलाई मुम्बइको हिरानंदानी अस्पतालमा भर्ना गरिएको छ उनले ट्वीट गर्दै यस्तो जानकारी दिएका हुन् । उनले फ्यानलाई सम्बोधन गर्दै चाँडै घर फर्कने पनि बताएका छन् ।आइतबार कोरोना पजेटिभ देखिएपछि आफूले कोभिड प्रोटोकल पालना गरेको र आइसोलेसनमा बसेको जनाएका थिए । अक्षयको आगामी सूर्यवंशी पनि मुम्बई लकडाउनको कारण पोस्टपोन्ड भएको छ ।

उनले लेखेका थिए आफुले सबै प्रोटोकलहरु पालना गर्दैगर्दा पनि संक्रमण भएको र होम आइसोलेसनमा बसेको छु। आफु अस्पताल भर्ना भएपछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले लेखे मेरो स्वास्थ्य अवस्था ठीक छ तर चिकित्सकको उचित सवाधानीको र सल्लाहमा अस्पतालमा भर्ना भएको छु। आशा छ कि म छिट्टै निको भएर घर फर्किनेछु।फिल्म रामसेतुको छायांकनका क्रममा उनलाई कोरोना संक्रमण भएको हो । यसअघि अप्रिल १ मा अभिनेत्री आलिया भट्ट संक्रमित भएकी थिइन् । उनले आफूलाई कोरोना संक्रमण भएको जनाउँदै लेखेकी थिइन्कोरोना संक्रमण हुनेबित्तिकै म घरभित्रै आइसोलेसनमा बसेकी छु ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account