लोकप्रिय गायिका शान्तिश्री परियारले पुत्री लाभ भएको छ ।पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनले आज बिहान छोरीको जन्म दिएकी हुन् छोरी र आमाको स्वस्थ्य अवस्था सामान्य रहेको परिवारले जनाएको छ ।परियारले केही समय पहिला नारायण भुजेल सँग बिहे प्रेम बिहे गरेकी थिइन् शान्ति श्रि परियारको सांगेतिक यात्रारोल्पा जिल्ला बाट गीत गाउनकै लागी भनेर २०६४ सालमा राजधानी छिरेकी शान्तीले आजको स्थान सम्म आइपुग्नको लागी धेरै कठिन मोडहरु पार गर्नु परेको छ । यसो त यो क्षेत्रमा सफलता प्राप्त गर्नकोे लागी त्यति सहज पनि छैन । आज सम्म करिव २५० भन्दा बढि गीतहरुमा आवाज दिइसक्नु भएकी शान्तीले पहिलो गीत अरु भन्दा फरक म किन भन्ने गीतमा आवाज दिँदा खुसीले आँसुनै आएको थिए । त्यस पछि आजको दिन सम्म शान्तीलाई पछि फर्केर हेर्न परेको छैन ।
यो क्षेत्रमै पहिलो पटक आफ्नो आवाज दिई आधुनिक गीत गाए बावत पाएको पहिलो पारीश्रमीकले आफुलाई खुसिको आँसु आएको र गाएरै जिवन धान्न सकिने हौसला समेत प्राप्त भएको बताउनु हुन्छ । आफु यो क्षेत्रमा प्रवेश गरे सँगै अग्रजकलाकारहरुले गर्नुभएको मायाले गर्दा आफुलाइ स्रोता र दर्शकले गायीका शान्ती श्री परियारको रुपमा नाम दिएको बताउनु हुन्छ । आज भोली देश विदेशमा हुने कार्यक्रममा व्यस्त भइरहने गायीका परियारलाई हामीले उहाँका जिवन भोगाई सँगै गीत संगीतको यात्राका विषयलाई लिएर कुराकानी गरेका छौं प्रस्तुत छ उहाँ सँग गरिएको कुराकानीको संम्पादित अंश ।
शान्ती जी हजुरको नामको पछाडी श्री किन नी ? कुनै राज छ यसको लोकदोहोरी गाउने कलाकारहरुमा धेरै शान्ती हुनुहुन्छ, स्रोता तथा दर्शकलाई यो शान्ती भनेको मनै हो भनेर चिन्न सजिलो होस भनेर आफुलेनै चयन गरेको हो श्री । आफ्नो परिचय अरु भन्दा भिन्न बनाउको लागी मैले नामको पछाडी श्री राखेकी हुँ । यो मेरो बाबुआमाले दिएको श्री चाँही होइन ।आज भोली दिनहरु कसरी विताइरहनु भएको छ गीत संगीतको माहोल त त्यति राम्रो छैन भन्छन सबैले त्यति राम्रो नभए पनि स्रोता र दर्शक तथा आयोजकको मायाले म गीत संगीतमा व्यस्तनै छु । देश विदेशमा हुने कार्यक्रममा आयोजकहरुले माया गरेर बोलाइदिनुहुन्छ, स्रोता दर्शकले डिमान्ड गरिदिनुहुन्छ त्यसैमा व्यस्त छु । मेरो नयाँ गीतहरु पनि आइरहेका छन तिनीहरुको प्रचार प्रसार पनि गरिरहेकी छु । रेडियो टेलिभिजनहरुमा सञ्चारकर्मी साथीहरुले अन्तरर्वाताको लागी बोलाउनु हुन्छ । यसैमा व्यस्त छु ।
तपाई जुन पारीवारीका बातावरणबाट यस क्षेत्रमा आउनु भो महिला भएको नाताले र समाजको हेराईको कारणले कत्तीको कठिनाइ भोग्नु भो जुन सुकै क्षेत्रमा सफलता प्राप्त गर्नको लागी धेरै कठिन छ । त्यस माथी म महिला काठमाण्डौ जस्तो ठाउमा आएर सघर्ष गरि अगाडी बड्नको लागी चुनौतिपुर्णनै छ । म आफुलाई भाग्यमानी कलाकारको रुपमा पनि लिन्छु सुरुका दिनहरुबाटै मेरो आवाज र मेहनतलाई मन पराई शिव हमाल मिलन लामा लगाएत धेरै अग्रजहरुले मलाई ठुलो सहयोग र हौसला प्रधान गर्नु भयो त्यसैको फल स्वरुप आज म यो स्थानमा छु शान्ती परियार आज शान्ती श्री परियारको रुपमा परिचय बनाउन सफल भएकी छु ।
गीत गाउने र कार्यक्रममा डिमान्ड हुन गायीकाहरुको जवानी हुनै पर्ने हो ? उमेर डल्के सँगै सबै मेटीन्छ भन्छ बुझेकाहरु के गीत संगीत जवानीलेनै चलेको हो रविल्कुलै होइन । प्रतिभा नभइकिन जवानी देखाएर मात्र दर्शक खुसि हुन्छन भन्ने मान्यता राख्दिन म त । नयाँ पुस्ताले केहि परिर्वतन चाहेको होलान विगतको तुलनामा तर यसको मतलव यो होइनकी लोकदोहोरीमा उत्ताउलो पन नै चल्छ । अनुशासननियम र मर्यादा जुनसुकै क्षेत्रमा हुन्छ हाम्रो यो क्षेत्रमा पनि छ । तर कलाकारहरुलाई अनुशासीत बनाउनको लागी हामी कलाकार र दर्शक स्रोताहरुले पनि आफ्नो ठाउमा अनुशासीत बन्नु जरुरी छ कार्यक्रमा पपुलर भइदैन र प्रशंसकको कमि हुन्छ भनेर प्राय सबै कालाकारहरुले उमेर र बैवाहीक अबस्थाको बारेमा झुट बोल्छन रे, तपाई ति कलाकारहरु मध्यमा पर्नुहुन्छ कि पर्नुहुन्न ?