गोरिल्लामा पनि देखियो कोरोना भाइरस !

गोरिल्लामा पनि देखियो कोरोना भाइरस !

गोरिल्लामा पनि देखियो कोरोना भाइरस !

अमेरिकाको क्यालिफोर्नियामा कोभिड १९ को असर दिनहुँ बढ्दैछ । यहीबीच सान डिएगो चिडियाखानामा दुईवटा गोरिल्लालाई समेत कोरोनाभाइरसको संक्रमण देखिएको छ । चिडियाखानाका गर्भनर गामिन न्युसमले सोमबार यसको जानकारी िदएका छन् । यी जनावरहरुमा अहिले कोरोनाको संक्रमण देखिएको र लक्षण नदेखिएका कर्मचारीमार्फत् उनीहरुमा संक्रमण फैलिएको हुनसक्ने न्युसमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ चिढियाखानाका अनुसार गोरिल्लामा कोरोना भाइरस देखिएको यो पहिलो उदाहरण हो । यसअघिको अध्ययनले मानिसबाहेकका केही सिमित जनावर संक्रमणको खतरामा रहेको देखाएको थियो । गोरिल्लाहरु परिवारमा बस्ने भएकाले सबै सदस्यहरुमा संक्रमण फैलिएको हुनसक्ने चिढियाखानाका अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार गत बुधबारदेखि दुईवटा गोरिल्लाहरुले खोक्न थालेका थिए । त्यसपछि प्रारम्भिक परीक्षण गर्दा शुक्रबार उनीहरुमा भाइरस रहेको देखियो । सोमबार राष्ट्रिय भेटेरीनरी सेवा ल्याबोरेटेरीका लागि अमेरिकी विभागले यसको पुष्टि गरेको हो गोरिल्लाहरुमा भाइरसले कतिसम्म असर गरेको छ भन्ने विषय अहिलेसम्म थाहा नभएको चिढियाखानाका अधिकारीहरुले बताए । यद्यपि सबै गोरिल्लाहरुलाई निगरानीमा राखिएको उनीहरुले जनाए । खोकी र रुघाबाहेक सबै गोरिल्लाहरुको अवस्था राम्रो छ सान डिएगो सफारी पार्ककी कार्यकारी निर्देशक लिसा पिटरसनले भनिन् यो टोली एकसाथ क्वारेन्टाइनमा छ र खाने पिउने गरिरहेका छन् । चाँडै निको हुनेमा हामी आशावादी छौँ ।डिसेम्बरको सुरुदेखि नै सान डिएगो सर्वसाधारणका लागि बन्द गरिएको छ । क्यालिफोर्नियामा कोभिड १९ को अवस्था निकै खराब छ । यहाँ सोमबार ४हजार ९सय ७१जना बिरामीहरु आईसीयुमा पुगेका थिए । अमेरिकाभर भाइरसबाट संक्रमित हुनेको संख्या २करोड २०लाख नाघिसकेको छ । ३लाख ७५हजारभन्दा धेरैले भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account