अब छिटै विवाह गर्ने भनेर घोषणा गरेका विनयजंग बस्नेतको स्वास्थ्य अवस्था अचानक खराब भएपछि उनलाई रिहाब सेन्टर लगिएको छ । उनी सोमवार सांझ असामान्य अवस्थामा फेला परेका थिए । उनलाई प्रेमिका पुजा विश्वकर्मा लगायतका टोलीले रिहाव सेन्टर लगेका हुन् विनयजंग पछिल्लो केही समय अस्वस्थ्य छन् । उनले आफ्नो स्वास्थ्यमा खासै ध्यान नदिएको उनका आफन्तले बताएका छन् । तर यो अवस्थामा ल्याउने को हो त्यसका बारेमा पत्ता लगाउनु पर्ने भन्दै पुजाले कुरा राखेकी छन् । विनयजंग भन्छन कतिबेला सानो कुराले पनि निकै ठूलो पीडा दिने रहेछ चितवनमा मेरो बारेमा आएका अभिब्यक्तिले मलाई निकै दुख लागेको छपछिल्लो समय सामाजिक सञ्जालै भरी समाज सेवी विनयजंग बस्नेत पुजा विश्वकर्माको विबाहको विषयले चर्चा चलिरहेको थियो । विनयजंग वेवारिसे शव ब्यवस्थापनमा सकृय छन् । उनको काममा साथ दिएकी सपना मगरलाई अहिले बीबीसीले सम्मान गरेपछि उनको चर्चा चुलिएको थियो सपनालाई यो काममा सकृय बनाउने पनि विनयजंग नै हुन् । विनयले सपनालाई छोरी भन्छन् । उनले आफ्नो शवको अन्त्यष्टि पनि सपनाले गर्ने भनेर घोषणा गरेका छन् ।