Related Posts
हुम्लामा एक युवती ट्याक्टरको डालीबाट खसेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको छ । सदरमुकाम सिमकोटबाट चामल बोकेर बुराउसे गाउ जादै गरेको ट्याक्टरबाट खसेर ती युवतीको मृत्यु भएको हो ।खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले बितरण गरेको वडा भाग चामल लिएर सिमकोट बजारबाट बुराउँसे गाउँतर्फ जाँदै गरेको लुअअभ १०१४ नम्बरको ट्याकटरबाट उनी खसेकी थिइन् । उनको पहिचान सिमकोट गाउँपालिका४ बुराउसे गाऊकी २७ वर्षकी उपाल लामाको रुपमा भएको छ ।सिमकोट बजारबाट चामल बोकेर बुराउसे जाने क्रममा हुमाने खोला नजिकै चिसामुल भन्ने ठाउँमा ट्याक्टरबाट खसेर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले पुष्टी गरेको छ ।